कतै उम्मेदवार घोषणा, कतै विवाद

106

जिल्लाका पाँच गाउँपालिका र दुई नगरपालिकामा एमाले र माओवदी केन्द्रले सबै प्रमुख पदमा उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेसले भने केही तहमा मात्र उम्मेदवार छनोट गरेको छ ।
सदरमुकाम रहेको अमरगढी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रको उम्मेदवारको टुंगो लाग्न सकेको छैन । एमालेले मेयरमा विपिन ओझा र उपमेयरमा संगीता भण्डारीलाई उम्मेदवार बनाएको छ । परशुराम नगरपालिकामा कांगे्रसले मेयरमा भीमबहादुर साउँदलाई उम्मेदवार बनाएको छ । एमालेका तारीसिंह बोहोरा र माओवादी केन्द्रका शेरसिंह माल पनि मेयरका उम्मेदवार बन्ने भएका छन् ।
आलिताल गाउँपालिका अध्यक्षमा कांग्रेसबाट बलबहादुर गरुङ, एमालेबाट तुलारा बोहरा र उपाध्यक्षमा धना बोगटी र माओवादी केन्द्रबाट अध्यक्षमा जगत पार्की र उपाध्यक्षमा सुशीला खत्री उम्मेदवार बन्ने भएका छन् । नवदुर्गा गाउँपालिकामा कांग्रेस उम्मेदवारको टुंगो लागेको छैन । एमालेबाट अध्यक्षमा कविन्द्र विष्ट र उपाध्यक्षमा जयन्ती बुढाऐर तथा माओवादी केन्द्रबाट उपाध्यक्षमा धर्म विकलाई उम्मेदवार बनाएको छ ।
गन्यापधुरा गाउँपालिकामा एमालेले अध्यक्षमा वीरेन्द्र मल्ल र माओवादी केन्द्रले ईश्वरी भण्डारीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले भने टुंगो लाउन सकेको छैन । अजयमेरु गाउँपालिकामा एमालेले जिल्ला सचिव धनबहादुर साउँदलाई अध्यक्षको उम्मेदवार बनाएको छ । माओवाददी केन्द्रले केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य उमेशप्रसाद भट्टलाई अध्यक्ष र कलावती कुमाललाई उपाध्यक्ष उम्मेदवार बनाएको छ । कांगे्रसले उम्मेदवार टुंगो लगाएको छैन ।
कांगे्रसले भागेश्वर गाउँपालिका अध्यक्षमा नेविसंघ केन्द्रीय सदस्य कैशिला भट्ट र उपाध्यक्षमा नरबहादुर ठकुराठीलाई उम्मेदवार बनाउने भएको छ । एमालेले अध्यक्षमा विष्णु ठकुराठी र माओवादी केन्द्रले अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य ओमप्रकाश साउँदलाई अध्यक्षको उम्मेदवार बनाउने भएका छन् ।
उता, राष्ट्रिय जनमोर्चाले अमरगढी नगरपालिको मेयर पदमा नरेश झुकाल, परशुराम नगरपालिको मेयरमा धनबहादुर बोहरा र उपमेरमा गौरादेवी बोहरालाई उठाउने भएको छ । त्यस्तै, अजमेरु गाउँपालिकामा प्रकाश ऐर, गन्यापधुरा गाउँपालिकामा जिल्ला कोषाध्यक्ष भोजराज अवस्थी, नवदुर्गा गाउँपालिकामा जिल्ला अध्यक्ष पदमबहादुर ओलीलाई अध्यक्षको उम्मेदवार बनाउने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here