दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय सिरिज इंग्ल्यान्डको पोल्टामा

96

काठमाडौं । घरेलु टोलि इंग्ल्यान्डले दक्षिण अफ्रीकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई २ रनले पराजित गर्दै इंग्ल्यान्डले सिरिजमा कब्जा जमाएको हो ।
साउथह्याम्पटनमा भएको रोमान्चक खेलमा दक्षिण अफ्रिकालाई झिनो रनले पराजित गरेसँगै घरेलु टोली इंग्ल्यान्डले तीन खेलको सिरिज एक खेल अगावै २ – ० ले जितेको हो । पहिलो खेलमा इंग्ल्यान्ड ७२ रनले विजयी भएको थियो । दुई टोलीबीचको अन्तिम एकदिवसीय सोमबार हुने छ ।
द रोज बोउल क्रिकेट मैदानमा इंग्ल्यान्डले दिएको ३३१ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर मात्र ३२८ रन जोड्न सक्यो । दक्षिण अफ्रिकाका लागी क्विन्टन डी ककले ९८ र डेभिड मिलरले अविजित ७१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै उसका कप्तान एबि डि भीलियर्सले ५२ तथा क्रिस मोरिसले अविजित ३६ रन जोडे । इंग्ल्यान्डका लिम प्लुनकेटले तीन विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको इंग्ल्यान्डले निर्धा्रित ५० ओभरमा ६ विकेट गुमाएर ३३० रनको उच्च योगफल तयार बनाएको थियो । इंग्ल्यान्डको लागि बेन स्टोक्सले १०१ रनको सतकीय पारी खेल्दा जोस बटलर ६५ रनमा अविजित रहे । त्यस्तै कप्तान इयान मोर्गनले ४५,जोय रुटले ३९ तथा मोइन अलीले ३३ बनाए । दक्षिण अफ्रिकाका कागीसो राबडाले २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here