राशीफल

131
१४ जेठ २०७४, आइतवार ,तृतिया
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आमाबुवाको सहयोगमा विशेष फाइदा उठाउन सकिनेछ । सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यापार ब्यबसायमा राम्रै फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । सन्तान सुख मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धार्मिक र सामाजिक काममा रुची बढ्नेछ । धेरैले तारिफ गर्नेछन । सामाजिक प्रतिष्ठा कमाउने बेला छ । घरायसी काममा झमेला आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सोचेको अटेको काममा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । आम्दानी मनग्य हुनेछ । स्वास्थ्यमा समस्या आउदा खर्च धेरै हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पढाइ लेखाइमा प्रगति हुनेछ । सोचे भन्दा आम्दानी बढ्नेछ । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुने योग छ । घरायसी काममा विवाद बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विशिष्ट व्यक्तित्वहरूको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । साझेदारी काममा झमेला आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । लेनदेनमा विवाद बढ्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । काम गर्ने जाँगर र हौसला बढ्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा लाभ हुनेछ । रमाइलो छोटो यात्राको योजना बन्नेछ । परिवारको साथले उत्साहित भइनेछ । मन खुसि रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रु र रोगबाट छुटकारा मिल्नेछ । धार्मिक काममा रुची बढ्नेछ । पढाईको लागि विदेश जाने मौका मिल्नेछ । मन प्रसन्न रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here