कर उठाउन निषेधाज्ञा खुकुलो गर्न खोज्नु घातक काँग्रेस युवा नेता श्रेष्ठ

210

नुवाकोट । कोरोना महामारीका कारण दैनिक सयौंको ज्यान गई रहेको अवस्थामा सरकारले कर उठाउनकै लागि निषेधआज्ञा खुकुलो गर्न खोज्नु घातक भएको युवा नेता शैलेस श्रेष्ठले बताउनुभयो ।
नुवाकोट काँग्रेसमा क्रियाशिल रहँदै आउनुभएका नेता श्रेष्ठका अनुसार यो समयमा कन्ट्याक्ट ट्रेसिङ गर्ने तथा जनताको स्वास्थ्य अवस्थाको विषयमा ध्यान दिनुपर्नेमा सरकार केवल आफ्नो दुनो सोझ्याउन मात्र लागि परेको उहाँको आरोप रहेको छ ।
यसरी सरकार गलत मार्गमा लाग्दा जनतालाई भने ठूलो आघात पुग्ने उहाँको भनाई छ ।
जनता आजको दिनमा उपचार पाउन नसकेर छटपटिएका छन् । कोरोनाले गाउँ गाउँ सम्म आफ्नो जरो गाडी सकेको छ यस्तो समयमा देशमा खोप सँग सँगै टोल टोलमा पिसिआर चेक अप गरेर यो रोग निर्मुलन गर्न लागि पर्नु पर्ने उहाँको धारण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here