वडाद्वारा मेयर/ उपमेयर स्वागत, भन्छन्: विकासमा पक्षपात नहाेस्

983

भक्तपुर । स्थानीय तहकाे निर्वाचन अन्तरगत चाँगुनारायण नपा वडा नं.९ का निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरूले चाँगु नपाका मेयर र उपमेयरलाई वडा कार्यालयमा स्वागत गरेका छन् ।
अाइतबार वडा कार्यालयमा अायाेजित साे कार्यक्रममा वडाध्यक्ष गणेश त्यात, वडा सदस्यहरू क्रमश: कमला गिरी, सुमित्रा दर्जी, कृष्णराम बासुकला र विद्यापति थापालगायतले मेयर साेम मिश्र, उपमेयर वीणा बास्ताेलालाई फूलमाला, टीका, खादा र ढाकाटाेपीका साथ स्वागत गरेका थिए ।
कार्यक्रममा साविककाे ताथली गाविसका पूर्व जनप्रतिनीधि एकबहादर खत्रीले मेयर, उपमेयरलाई स्वागतसँगै बधाई दिँदै ताथलीकाे विकासमा पूर्वाग्रह नराख्न अनुराेध गरे । जनताकाे मतले विजयी हुनुभएकाे छ, त्याे मतकाे कदर गरि ताथलीका समस्या समाधानमा पक्षपात नगर्नुहाेला । पूर्व जनप्रतिनिधि खत्रीले भने ।
कार्यक्रममा ताथलीमा क्रियाशील राजनीतिक दलहरू क्रमश: नेमकिपा, एमाले, नेपाली काँग्रेस, माअाेवादी केन्द्र , राप्रपा तथा देवी मावि, डाँडापाटी अाधारभूत विद्यालय, फैढाेका अाधारभूत विद्यालयका प्रअ, विभिन्न सहकारीका प्रतिनीधिले पनि स्वागत गर्दै समृद्द ताथली बनाउन तथा ताथलीका समस्या हल गर्न अनुराेध गरेका थिए ।
कार्यक्रममा वडासदस्य कमला गिरी, देवी माविका प्रअ राजाराम छुकांले जनप्रतिनिधिबाट जनताले थुप्रै अपेक्षा गरेकाे बताउँदै संविधानले व्यवस्था गरेबमाेजिम काम गर्नुपर्ने सुझाव दिए । साेही अवसरमा ताथली सहकारी सञ्जालका रामचन्द्र बासीले जनप्रतिनीधिहरूले विकासका कामलाई प्राथमिकतामा राख्नुपर्ने माग गरे भने पार्टी प्रतिनिधि रूद्रबहादुर खड्काले राजनीतिक अास्था र विचारका अाधारमा विकासलाई ग्राह्यता दिन अाग्रह गरे ।
कार्यक्रममा मेयर मिश्रले निर्वाचित वडाध्यक्ष त्यातमा ताथलीका पूर्व गाविस अध्यक्ष जयराम बासुकलाकाे गुण पाएकाे र नीति नियममा अडिग रहेकाे चर्चा गरे । कार्यक्रमका सभापति गणेश त्यातले ताथलीलाई समृद्धितर्फ लग्ने प्रतिवद्दता जनाउँदै अार्थिक पारदर्शितालाई विशेष जाेड दिने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका भूपेन्द्र बुढाथाेकी, माअाेवादी केन्द्रका रामहरि बाला, नेकपा एमालेका मीनबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here