‘विदाई त गर्नुभयो अब फेरि छिट्टै आउनेछु स्वागतको तयारी पनि गर्नुहोला’ : प्रचण्ड

119

१० महिनामा गोल हान्न सफल भएँ प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पमकल दाहाल ‘प्रचण्ड’ले विदाई कार्यक्रमको अन्तिम सम्बोधनमा भने ‘अहिले त विदाई गर्नुभयो, अब स्वागतको पनि तयारी गर्दै गर्नुहोला छिट्टै आउनेछु ।’ भनेपछि हलमा सहभागि सबै हाँसे ।

बिगतका दिनहरु संम्झदैँ प्रचण्डले भने आफ्नो १० महिने कार्यकालमा घुमाउँदै–घुमाउँदै गोल हान्न सफल भए । विदाई कार्यक्रममा बोल्दै प्रचण्डले अघिल्लो कार्यकालको ९ महिना केहि नबुझेर झिलिमिलिमै वितेको भन्दै यो कार्यकालमा राम्रो काम गर्न सफल भएको बताए ।

अहिलेको १० महिने कार्यकालमा ‘भिजन कन्फ्ुज’ नभएकाले थुप्रै कामहरु सफल भएको बताए । कर्मचारीलाई सम्बोधन गर्दै प्रचण्डले भने ‘हाम्रा दुई छिमेकी राष्टङ चीन र भारतलाई सन्तुलन राख्न सफल भएको भएँ’ उनले भने ‘देशको अर्थतन्त्रमा राम्रो सुधार भयो, लोडसेडिङ अन्त्य भयो, स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा निकै सुधार गर्न सफल भएँ ।’ उनले सरकारको यो अभियान सफल बनाउन सहयोग गर्ने सबै कर्मचारीलाई धन्यवाद पनि दिए ।

भारतमा जाँदा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुरा मात्र धेरै भयो काम चै भएन् भन्दै देखिने खालको काम गर्न सुझाएको प्रचण्डले बताए । सोहि प्रसंगमा प्रचण्डले भने खासगरि अहिले भारतकै सहयोगमा महाकालीमा पुल बन्ने र हुलाकी मार्गको कामहरु भइरहेको बताए । त्यस्तै चीनसँग ‘वान वेल्ट वान रोड’ ओविआरमा हस्ताक्षर भएको उनले सुनाए ।

आफु प्रधानमन्त्रीमा निर्वाचित भएपछि मधेसमा सल्किएको राजनीतिक आगो पनि मत्थर भएको बताएका छन् । यदि मधेसमा सल्किएको राजनीतिक आगो निभाउन नसकेको भए काम गर्न असजिलो हुने उनको भनाई थियो । मधेसी दलहरु चुनावमा सहभागि हुने वातावरण बनेको उनले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here