९० लाख मतदाताले २१ हजार बढी प्रतिनिधि छान्दै

122

काठमाडौं । पहिलो चरणको निर्वाचन सम्पन्न भएर नवनिर्वाचित जनप्रतिनिधिले काम गर्न थालिसकेका छन् ।  दोस्रो चरणको निर्वाचन हुने ४ वटा प्रदेशका मतदाता आफ्नो गाउँ, नगर तथा वडासम्मको प्रतिनिधि छान्न आतुर छन् ।
दोस्रो चरणको निर्वाचनमा पहिलो चरणको निर्वाचनमा सहभागी मतदाता भन्दा झण्डै दोब्बर मतदाता सहभागी हुँदैछन् भने प्रतिनिधि पनि करिब दोब्बर नै छनोट हुँदैछन् ।
पहिलो चरणको निर्वाचनमा करिब ५० लाख मतदाताले १३ हजार १ सय ६० प्रतिनिधि छनोट गरेका थिए । दोस्रो चरणमा ९० लाख ९७ हजार ५५७ मतदाताले चार प्रदेशका ४६१ स्थानीय तहका लागि २१ हजार ३५२ प्रतिनिधि छनोट गर्दैछन् । चारवटा प्रदेशमा ६ हजार ७१८ मतदानस्थल तथा ११ हजार ९३१ मतदान केन्द्र रहेका छन् ।

४६१ स्थानीय तहका ४,०८६ वडा 
दोस्रो चरणको निर्वाचन हुने प्रदेश नं १, २, ५ र ७ मा २९३ गाउँपालिका, १५६ नगरपालिका, २ महानगरपालिका, १० उपमहानगरपालिकामा निर्वाचन हुँदैछ । सरकारले हालै विराटनगर र वीरगञ्जलाई महानगरपालिकामा स्तरउन्नती गरेको हो ।

प्रदेश १ मा ३,४५९ मतदान केन्द्र
आयोगका अनुसार १३७ स्थानीय तह रहेको प्रदेश नम्बर १ मा ८८ गाउँपालिका, ४६ नगरपालिका, २ उपमहानगरपालिका र १ महानगर छन् जसमा १ हजार १५७ वडा रहेका छन् ।
प्रदेश १ मा १ हजार ८६१ मतदान स्थल र ३ हजार ४५९ मतदान केन्द्र छन् भने २६ लाख ७४ हजार ५६३ मतदाता छन् ।

प्रदेश २ मा ३,५६७ केन्द्र
१२७ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा ७८ गाउँपालिका, ४५ नगरपालिका, ३ उपमहानगरपालिका र १ महानगरमा १ हजार २१२ वडा छन् ।
आयोगको तथ्यांकअनुसार प्रदेश नं २ मा २ हजार १३७ मतदान स्थल र ३ हजार ५६७ मतदान केन्द्र तोकिएको छ भने २६ लाख ६४ हजार ७९२ मतदाता रहेका छन् ।

प्रदेश ५ मा ३,१२५ केन्द्र
प्रदेश नं ५ मा ७३ गाउँपालिका, ३२ नगरपालिका ४ उपमहानगरपालिका गरी १०९ स्थानीय तह छन् भने ९८३ वडा रहेका छन् ।
तथ्यांकअनुसार प्रदेश ५ मा १ हजार ६१२ मतदान स्थलमा ३ हजार १२५ मतदान केन्द्र कायम गरिएको छ । नवलपरासीदेखि बर्दियासम्म फैलिएको यो प्रदेशमा २४ लाख ५४ हजार ४८८ जना मतदाता रहेका छन् ।

७ नम्बर प्रदेशमा ७३४ वडा
९ ओटा जिल्ला रहेको यसअघिको सुदुपश्चिम विकास क्षेत्र अहिलेको प्रदेश नम्बर ७ हो । यो प्रदेशमा ८८ वटा स्थानीय तह रहेकोमा ५४ गाउँपालिका, ३३ नगरपालिकका र १ उपमहानगरपालिका रहेका छन् । जसमा ७३४ वडा कायम छन् ।
यो प्रदेशमा १ हजार १०८ मतदान स्थल र १ हजार ७८० मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । यो प्रदेशमा मतदाताको संख्या १३ लाख ३ हजार ७१४ छन् ।बाह्रखरी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here