भक्तपुरमा ट्रायल सेन्टर नहँदा सेवा ग्राहि मर्कामा

182

भक्तपुर । यातायात ब्यवस्था विभागले आफ्नो सेवा विस्तार भक्तपुरमा गरेपनि ट्रयल सेन्टर भने हाल सम्म ब्यवस्था गर्न नसक्दा सेवा ग्राहि मर्कमा परेका छन् । भक्तपुरमा माघ देखि यातायात ब्यवस्था विभागले आफ्नो कार्य सम्पादन गरेपनि ट्रायल सेन्टर नहँदा स मस्या भएको यातायात ब्यवस्था विभाग भक्तपुरका प्रमुख अनुज घिमिरे वताउनुहुन्छ । उहाँका अनुसार भक्तपुरमा ट्रायल सेन्टरको ब्यवस्थाका लागि प्रयास रत भएपनि सर्वोच्चको स्टेअडरका कारण निजी क्षेत्र संग स मन्वय गर्न अफ्ठ्यारो भएको उहाँको भनाई थियो । उहाँका अनुसार हाल भक्तपुरवाट परिक्षा लिने रिनिउँ गर्ने लगायतका कार्य भए पनि ट्रयलको ब्यवस्था भने गर्न नसक्दा सेवा ग्राहिले राती ३ वजेदेखि पनि सेवाका लागि लाईन वस्न बाध्य भएका छन् ।
घिमिरेका अनुसार हाल सम्म भक्तपुर वाट नयाँ लाईसेन्सका लागि ७ हजार ८ सय ४६ जनाले सेवा लिई सकेको जानकारी दिनुभयो । यसका साथै नविकरण गर्नेको संख्या भने ५ हजार २ सय २२ रहेको जसवाट १ करोड २८ लाख ८३ हजार राजस्व पनि संकलन भएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here