६१ हजारसहित ६ जना जुवाडे पक्राउ

178

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिका ८ सिपाडोलबाट ६१ हजार एकसय २० रुपैयाँसहित ६ जना जुवाडे पक्राउ परेका छन्।

सिपाडोलको दार्जिलिङ हाइटस्थित विदुर सुनार (घताने) को घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको भोटसिपा घर भएकी ४५ वर्षीया माइली तामाङको कोठाबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले तास खेल्ने खेलाउने कार्यमा संलग्न ६ जनाको साथबाट उक्त नगद र तीन बुक ताससमेत बरामद गरेको छ।महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सुनारको घरमा भाडामा बस्दै आएकी तामाङको कोठामा अवैध रुपमा पैसाको हारजीत हुने गरी तास खेल्ने खेलाउने गरेको सुराकीको आधारमा छापा मार्दा उनीहरुलाई रंगेहात पक्राउ गरिएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले पक्राउ परेका ६ जनालाई जगाती वृत्तमा राखिएको छ। साथै उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here