१५ हजार पदका लागि ६२ हजार २४० मैदानमा, ३८ निर्विरोध

127

दोस्रो चरणको निर्वाचनमा १५ हजार पदका लागि ६२ हजार २४० जना प्रतिस्पर्धी चुनावी मैदानमा होमिँदैछन् ।

असार १४ गते बुधबार प्रदेश नं १, ५ र ७ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहमा १५ हजार जनप्रतिनिधि निर्वाचित हुँदैछन् । जम्मा १५

हजार ३८ जनप्रतिनिधि चुनिनेमा ३८ जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ ।

७२८ को उमेदवारी फिर्ता, ६४ अयोग्य

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मामा अनुसार असार ४ गते सम्पन्न मनोनयनमा ६३ हजार ७० ले उमेदावरी दर्ता भएकोमा ७२८ जनाले आफ्नो उमेदवारी फिर्ता लिएको र ६४ जना निर्वाचन ऐन अनुसार उमेदवार हुन अयोग्य भएकाले उमेदवारी रद्द गरिएको हो ।

२,८७४ वडामा ४,५८१ मतदानस्थल

दोस्रो चरणमा निर्वाचन हुने तीन १ महानगर, ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकाको २ हजार ८७४ वडा रहेका छन् । जसमा ४ हजार ५८१ मतदानस्थलका ८ हजार ३६४ मतदान केन्द्र रहेको आयोगले जनाएको छ ।

६५ सय पर्यवेक्षक खटिने

आयोगका अनुसार दोस्रो चरणमा ३ प्रदेशमा लगभग ६ हजार ५०० पर्यवेक्षक खटिने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here