नवलपरासीको सरवल गाउँपालिकाको एक मतदान केन्द्रमा २ भोट मात्रै खस्यो !

84

नवलपरासी । नवलपरासीको सरवल गाउँपालिका वडा नं ६ अन्तर्गतको जनता मावि, निर्वाचन केन्द्रमा दुई भोट मात्रै खसेको छ ।

सरवलका निर्वाचन अधिकृत टीकाराम ज्ञवालीले दिएको जानकारी अनुसार वडा नं ६ को उक्त केन्द्रमा ५०१ जना मतदाता रहेकोमा २ जनाले मात्रै मतदान गरेका हुन् ।

यसले गर्दा निर्वाचन प्रक्रिया भने नरोकिने आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवले निर्वाचनको प्रक्रिया उक्त केन्द्रमा पनि पूरा गरिएकाले मतगणना गरिने आयोगमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जनकारी दिए ।

सरवालको वडा नं ६ मा ३ हजार ४६५ मतदाता रहेका थिए । उक्त वडाकै अन्य केन्द्रमा भने निर्वाध रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत ज्ञावलीले बाह्रखरीलाई जानकारी दिए ।

उक्त केन्द्रका मतदाताले सिमा विवादका कारण मतदानमा सहभागी नभएको बताइएको छ ।

वडा नं ६ मा कांग्रेसका छोटेलाल गुप्ता, एमालेबाट रघु राज केबट, माओवादी केन्द्रबाट पारस नाथ गुप्ता, राप्रपाले रामप्रसाद यादव र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट कैलास यादव अध्यक्षका उमेदावर थिए ।

सरवाल गाउँपाकिलाको अध्यक्षमा कांग्रेसबाट प्रदीप कुमार अग्रहरी, एमालेबाट प्रहलाद पासवान, माओवादी केन्द्रबाट तुल्सीप्रसाद थारु, राप्रपाबाट सत्य नारायण चौधरी र फोरम लोकतान्त्रिकका राधे श्याम चौधरी उमेदावर थिए । बहिस्कार गरिएको उक्त केन्द्रका मतदाताले पनि उनीहरुलाई मतदान गर्ने थिए ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडामा उमेदवारलाई बहिस्कार गरेका मतदाताको मत पाएनन्
मतदानमा सहभागी नभएपनि मतदाताले आफ्नो परिचयपत्र भने लिएका थिए । उक्त केन्द्र चुनाव बहिस्कार गरेको राष्ट्रिय जनता पार्टीको प्रभाव क्षेत्र रहेको पनि बताइएको छ ।
त्यसैगरी सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं २ का मतदातले निर्वाचन बहिस्कार गरेका छन् । उनीहरुले सोलु दुधकुण्ड नगरपालिकादेखि नजिक भएको उक्त गाउँलाई नेचासल्यानमा मिसाइएको भन्दै असन्तुष्टि जनाएका छन् ।

उक्त ठाउँमा पनि आयोगले आफ्नो सम्पूर्ण प्रक्रिया पुरा गरेको प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । तर, उमेदवार समेत नभएको उक्त वडा तत्काललाई जनप्रतिनिधि बिहिन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here