ट्रम्पले भने– पुटिनसँग आगामी महिना शिखर सम्मेलन हुने सम्भावना

35

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनसँग भेटवार्ता हुन गइरहेको बताएका छन् ।  अमेरिकी राष्ट्रपति ट्रम्पले बिहीबार रुसी राष्ट्रपति पुटिनसँग सम्वभतः आगामी महिना भेटवार्ता हुन गइरहेको बताएका हुन् ।   उनी आगामी महिनाको ११ र १२ तारिखमा बेल्जियमको राजधानी ब्रसेल्समा आयोजना हुन गइरहेको नाटो सम्मेलनमा सहभागी हुन गइरहेका छन् । सोही भ्रमणका दौरान ट्रम्प बेलायती प्रधानमन्त्री टरिजा मेसँग भेटवार्ता गर्न लण्डन जाने भएका छन् ।

‘‘रूस र चीनसँगको भेटवार्ता सवैका लागि धेरै राम्रो कुरा हो । यो संसारको लागि राम्रो छ, हाम्रो लागि राम्रो छ, यो सबैको लागि राम्रो छ । सम्भवतः हामीबीच युरोपमा हुन गइरहेको मेरो यात्राको वरिपरी भेट्न सक्नेछौं,’’ ट्रम्पले पोलिस राष्ट्रपति रिबेलो डी सोसासँगको संयुक्त पत्रकार सम्मेलनमा भने ।

अमेरिकी सुरक्षा सल्लाहकार जोन बोल्टनको मस्को भ्रमणको पछि ट्रम्प र पुटिनबीचको शिखर सम्मेलनको सम्भावना रहेको छ । ट्रम्पले केही दिन पछि पुटिनसँगका शिखर सम्मेलनको मिति र स्थानका बारेमा जानकारी गराइने पनि बताएका छन् । उनले भने, ‘‘मलाई लाग्छ शिखर सम्मेलनमा हामीबीच सिरिया, युक्रेन र धेरै अन्य विषयहरूका बारेमा छलफल हुनेछ ।’’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here