नेपालगन्जमा धवलको अग्रता झन् फराकिलो

233

नेपालगन्ज- नेपालगन्ज उपमहानगरपालिकाको जारी मत गणनामा मेयरमा राप्रपाका डा. धवलसम्शेर राणाको अग्रता झन् फराकिलो बन्दै गएको छ। कुल २३ वटा वडा रहेको उपमहानगरको १ देखी ९ र २१ देखी २३ सम्मको मत गणना गर्दा ६ हजार ५ सय ७ मत ल्याएर राणा अगाडी छन्।

उनलाई नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियाले ३ हजार ९ सय ८ मत ल्याएर पछ्याइरहेका छन्।

मेयरमा माओबादी केन्द्रका दामोदर आचार्य ३ हजार ६ सय ३५ मतका साथ तेस्रो स्थानमा छन्। एमालेका समसुद्धिन सिद्धिकीले ३ हजार १ सय १६ मत ल्याएका छन्। उपमेयरमा भने कांग्रेसकी उमा थापामगरले ४ हजार ९ सय ४५ मत ल्याएर अग्रता लिएकी छन्।

 उमालाई राप्रपाकी रमारानी बैश्यले ४ हजार ८ सय २९ मत ल्याएर पछ्याइरहेकी छन्। माओबादी केन्द्रकी कलामुन अन्सारी ३ हजार ४ सय ६ मतका साथ तेस्रो स्थानमा छिन्, भने एमालेकी शान्ति ढकाल ३ हजार ३ सय ६५ मत ल्याएर चौथो स्थानमा रहेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here