गुरुपूर्णिमाबारे नासाको समेत चासो !

146

काठमाडौं । आइतबार नेपाल र भारतलगायत सम्पूर्ण आर्यावर्तमा गुरुपूर्णिमा पर्व पूर्ण उत्साहका साथ मनाइन्छ । हरेक वर्ष गुरु पूर्णिमामा धार्मिक आयोजनाहरू हुने गर्छन् । यो पर्वले बिस्तारै अन्तर्राष्ट्रिय ख्यातिसमेत पाउँदै गएको छ । यो पर्वबारे बिस्तारै विदेशीहरूले समेत चासो देखाउन थालेका छन् ।

अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था नासाले आफ्नो अफिसियल ट्विटर हेन्डलमा गुरुपूर्णिमा पर्व अर्थात् असारको पूर्णिमाबारे विशेष चासो देखाएको छ । नासाले भनेको छ, यो दिन पूर्णचन्द्र देखिने विशेष दिन हो । नासाका अनुसार यस दिनका राइप कार्न मुन, हे मुन, थंडर मुन आदि नाम पनि छन् । नासाले आफ्नो ट्विटरमा पूर्णचन्द्रमाको तस्बिरसहित त्यसको छोटो व्याख्यासमेत गरेको छ ।

आषाढ महिनाको शुक्लपक्षको पूर्णिमालाई गुरुपूर्णिमा भन्छन् । यस दिन गुरुपूजाको विधान छ । गुरुपूर्णिमा वर्षाऋतुको आरम्भमा पर्छ । यस दिन कतिपय समुदायले आफ्ना गोठमा दूधधार दिने चलन पनि छ । चतुर्मासाभित्र पर्ने यो पर्वदेखि चार महिनासम्म परिव्राजक साधुहरू एकै ठाउँमा बसेर ज्ञानगंगा बगाउँछन् वा आध्यात्मिक चर्चा गर्छन् ।

यी चार महिना मौसमका दृष्टिले पनि सर्वश्रेष्ठ हुन्छन्– न अधिक गर्मी, न अधिक सर्दी । त्यसैले यो समय अध्ययनका लागि उपयुक्त मानिन्छ । जसरी सूर्यको तापले तातेको भूमिमा वर्षाले गर्दा शीतलता र ऊर्वरा शक्ति सञ्चार हुन्छ, त्यसैगरी गुरुचरणहरूमा साधकहरूलाई ज्ञान, शान्ति, भक्ति र योगशक्ति प्राप्त गर्ने अवसर प्राप्त हुन्छ ।

गुरु पूर्णिमा वेदका विभागकर्ता र महाभारतका रचयिता भगवान् कृष्णद्वैपायनको जन्मदिन पनि हो । उनी संस्कृतका प्रकाण्ड विद्वान् थिए । महर्षि पराशर र सत्यवतीका पुत्र कृष्णद्वैपायनलाई वेदव्यास पनि भनिन्छ । उनी आदिगुरु हुन् । उनैको सम्मानमा गुरुपूर्णिमालाई व्यासजयन्तीका रूपमा मनाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here