पेस्तोलसहित २ पक्राउ

108

काठमाडौं । प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर चोकबाट पेस्तो सहित २ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति इलाका प्रहरी कार्यालय नवलपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकचाँज गर्ने क्रममा बा १६ च ३२ ४९ नम्बरको कारमा सवार हरिवन नगरपालिका ११ का ३० वर्षीय मोहमद रिजवान र कारमा सवार हरिवन नगरपालिका ३ का ३० वर्षीय कर्ण बहादुर ब्लोनलाई एक थान पेस्तोल, त्यसमा लाग्ने गोली र १० ट्याब्लेट लागुऔषध नाइट्रोभेटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखि थप कारवाही अघि बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here