लुम्बिनी जनरल इन्सुरेन्सको १००% हकप्रद खुल्यो, यस्ता छन् आवेदन दिने ठाँउ

118

काठमाडौं : लुम्बिनी जनरल इन्सुरेन्सको आज (शुक्रबार) देखि १००% हकप्रद सेयर बिक्री खुला भएको छ । इन्सुरेन्सले १ः१ को अनुपातमा ३९ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदका लागि लगानिकर्ताले भदौ १ गतेसम्म आवेदन दिन सक्नेछन् । लुम्बिनीको हकप्रदमा असार १२ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सीबीआइएल क्यापिटलले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौं तथा लुम्बिनीको सेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् । कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र र हकप्रद सेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ ।

यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ, जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी र महेनद्रनगर शाखाबाट आवेदन दिन पाइनेछ । लुम्बिनीको हाल चुक्ता पुँजी ३९ करोड रुपैयाँ छ । यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपैयाँ पुग्नेछ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा इन्सुरेन्सले ११ करोड ६१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २१९ रुपैयाँ २५ पैसा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here