जिल्लास्तरीय जुनियर युवा तथा शिक्षकनायक गोष्ठी सम्पन्न

389

नेपाल रेडक्रस सोसाइटी जिल्लाशाखाभक्तपुर जुनियर समितिको आयोजनातथा श्री मेरी गोल्ड इङ्गलिश स्कुल,बालकोटकोे आतिथ्यतामा बालकोट उपशाखामा संचालित १ दिने जुनियर÷युवातथा शिक्षक नायक गोष्ठी सम्पन्न भयो ।

गोष्ठीमा जिल्ला भित्रका ५१ वटा विद्यालयका जुनियर रेडक्रस सार्कलका शिक्षक नायक, सह शिक्षकनायक, विद्यार्थी र युवा रेडक्रस सर्कलका सदस्यहरु र उपशाखाका प्रतिनिधिहरु गरी १४३जनाको सहभागिता रहेको थियो ।

गोष्ठीको उद्घाटन नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य, राष्ट्रियविपद् ब्यवस्थापन समितिका सभापतिएवं भक्तपुर जिल्लाशाखाका सभापतिमनोजकुमार थापालेपानसमादिपप्रज्वलन गरी गर्नुभएको थियो । उहाँले जुनियर÷युवाभनेको रेडक्रसका मेरुदण्ड भएकोले रेडक्रसमा जुनियर युवाको सहभागितालाई बढाउनको लागिविभिन्नविद्यालय, उच्चमा.वि, क्याम्पसतथा समुदायमाजुनियर र युवा रेडक्रस सर्कल गठन गरिएको कुरा बताउनुभयो । उहाँले भक्तपुुर शाखाअन्तर्गत संचालितउत्थानशीलनगर प्रवद्र्धन र सहभागिताकार्यक्रमअन्तर्गत भक्तपुर र मध्यपुर थिमीनगरपालिका २०र२० वटा गरी जम्मा ४० वटा विद्यालयहरुमाआधारभूतप्राथमिकउपचार, खोज तथा उद्धार, भूकम्पपूर्वतयारी प्रशिक्षण, विपद् पूर्वतयारी योजना जस्ता गतिविधिहरु संचालनगर्न गइरहेकोे बताउदै अन्यविद्यालयमा यस्ता प्रशिक्षण संचालनगर्न जिल्लाशाखाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमकाअतिथी केन्द्रियजुनियर युवा समितिसदस्यएवं भक्तपुर जिल्लाशाखाकाउपसभापतिकृष्ण गोपाललागेजूले भक्तपुर जिल्लाशाखाअन्तर्गत ७५ वटा विद्यालयहरुमा रहेको जुनियर सर्कलको माध्यमबाट विद्यार्थीहरुलाई मानवीय सेवाकार्यमा सहभागिता गराउने कार्य भएको बताउनुभयो । शाखाकामन्त्रीपरशुराम पाण्डेले गोष्ठीको उद्धेश्यमाथीप्रकाशपार्नुभएको थियो ।

जिल्लाजुनियर रेडक्रस समितिका संयोजकजनक प्रसादन्यौपानेको सभापतित्वमा संचालनभएको उद्घाटन सत्रमाजिल्लाशाखाकाबालकोटउपशाखाका सभापतिचन्द्रकृष्ण श्रेष्ठ,मेरीगोल्ड इङ्गलिशस्कुलकाप्रधानाध्यापकभुवनलालश्रेष्ठ लगायतले जुनियर युवाको महत्वको बारेमाबोल्नुभएको थियो ।

उद्घाटन कार्यक्रमपश्चात सहभागिहरुलाई रेडक्रस अभियान, नेपाल रेडक्रस, भक्तपुर रेडक्रसद्धारा संचालितगतिविधिहरु, जुनियर युवाकार्यप्राणाली निर्देशिका, जुनियर तथायुवा रेडक्रस सर्कलले संचालनगर्नुपर्ने न्यूनतमगतिविधिहरु, बैधानिकदायित्वहरु बारेमा छलफल तथा प्रस्तुतीकरण गरिएको थियो ।

अभिमुखिकरण कार्यक्रममाजिल्लाशाखाकाउपसभापतिकृष्णगोपाललागेजू, मन्त्री परशुराम पाण्डे, जुनियर संयोजकजनक प्रसादन्यौपाने, केन्द्रीयजुनियर युवाविभागकाउपनिर्देशकबालकृष्ण सेढाई,जिल्लाकार्यक्रमसंयोजकदिनेश थापाले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममाउत्थानीलनगर प्रवद्र्धन र सहभागिताकार्यक्रमको बारेमाअभिमुखिकरण पनिगरिएको थियो । गोष्ठीबाट आगामीवर्षको लागिजुनियर÷युवाहरुको लागिजिल्ला शाखाद्धारा संचालनगर्नुपर्ने कार्यक्रमहरुको प्रस्तावपनिपारित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here