टाउकोदेखि खुट्टासम्मै ढाक्नुपर्ने साउदी अरबमा मिनिस्कर्ट लगाएकी महिलामाथि मच्चियो बबाल

243

बीबीसी

सोसल मिडियामा मिनिस्कर्ट र छोटो टप्स गएको एक भिडियो पोष्ट गरेका कारण एक युवतीलाई साउदी अरबका अधिकारीले केरकार गरिरहेका छन् ।

खुलुद नामकी यी मोडलले ऐतिहासिक मानिने उशायकिर किलेमा घुमेको भिडियो बनाएर पोष्ट गरेकी छिन् ।

सोसल मिडियामा यो भिडियो चर्चाको विषय बनेको छ । केही मानिसहरुले यसलाई रुढीबादी देशमा ड्रेस कोडको उल्लंघन बताउँदै महिलालाई पक्राउ गर्नुपर्ने माग राखेका छन् भने साउदी अरबका केही मानिसहरुले भने महिलाको समर्थन गर्दै ‘यो बहादुरी’ का लागि उनको प्रशंसा गरेका छन् ।

साउदी अरबमा महिलाले सार्वजनिक स्थानमा पूरा शरिर ढाकिने पहिरन लगाउनै पर्ने नियम छ । उनीहरुले आफ्नो टाउकोसमेत ढाक्नुपर्छ । उनीहरुलाई गाडी चलाउृने अनुमती छैन र अपरिचित पुरुषसँग दुरी कायम राख्नुपर्छ ।

पछिल्लो हप्ता पहिलो पटक यो भिडियोलाई स्न्यापच्याटमा सेयर गरिएको थियो । यसमा महिला राजधानी रियादको उत्तरमा रहेको नाज प्रान्तको ऐतिहासिक महत्व बोकेको उशायकिर किलेको सुनसान स्थानमा घुमिरहेको देख्न सकिन्छ ।

नाज साउदी अरबको सबैभन्दा रुढीबादी इलाका मानिन्छ ।

उक्त भिडियो ट्वीटरमा चर्चाको विषय बन्यो र यसमा मानिसहरु बाझिएको देख्न सकिन्छ । कसैले ती मोडललाई यसका लागि सजायँ दिनुपर्ने बिचार व्यक्त गरे भने कोहीले खुलुदले जे लगाउन चाहन्छिन् त्यसको स्वतन्त्रता हुनुपर्ने बताए ।

पत्रकार खालिद जिदानले लेख, ‘हया अर्थात् धार्मिक पुलिस फिर्ता हुन आवश्यक छ ।’

एक अन्य व्यक्तिले भने, ‘हामीले देशको कानूनको सम्मान गर्नुपर्छ । फ्रान्समा नकाबको रोक छ र यहाँ त्यहाँ यदि महिलाले नकाब लगाए उनीहरुमाथि जरिवाना लगाइन्छ । साउदी अरबको कानूननले अबाया लगाउने नीति बनाएको छ जो एक शालिन पोशाक हो ।’

लेखक र चिन्तक वेल अल–कामिसले भने, ‘म रिसको भरिएको र यस्तो डरदाग्दो ट्वीट देखेर अचम्मित भएको छु ।’

उनी भन्छन्, ‘मलाई लाग्यो कि साउद उनले कसैमाथि बम फ्याँकेकी छिन् वा कसैको हत्या गरेकी छिन् । तर यो त उनको स्कर्टसँग सम्बन्धित छ जुन मानिसहरुलाई मन परेन ।’

पछिल्लो वर्ष लागू गरिएको सुधार कार्यक्रमबारे बताउँदै उनले भने, ‘मलाई थाहा थिएन कि उनलाई पक्राउ गरे देशको भिजन– २०३० ले सफलता पाउनेछ ।’

३१ वर्षीय साउदी राजकुमार मोहम्मद बिन सलमानले पछिल्लो वर्ष यी सुधार कार्यक्रमलाई हरियो झण्डा देखाएका थिए ।

केही मानिसहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प र उनकी छोरी इभांकासँग खुलूदको तुलना गरे जसले आफ्नो साउदी यात्राको क्रममा न त अबाया लगाए न नै आफ्नो शिर ढाके ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here