मधेसमा आइएनजिओले १ वर्षमा २३ अर्ब खर्चिए

146

काठमाडौं । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मधेसका २२ जिल्लामा गएको १ वर्षको अवधिमा २३ अर्बभन्दा बढी रकम खर्च भएको खुलासा भएको छ ।

मधेसका झापादेखि कञ्चनपुरसम्म सक्रिय बिभिन्न ७३ वटा आइएनजिओले २३ अर्ब रुपैयाँ खर्च गरेको आजको नागरिक दैनिकले समाचार प्रकाशन गरेको छ ।

आइएनजिओले कैलालीमा सबैभन्दा बढी ५२ र नवलपरासीमा सबैभन्दा कम २२ वटा परियोजना चलाएका थिए । यो तथ्यांक अर्थ मन्त्रालय अन्तर्गत बैदेशिक आर्थिक सहायता तथा समन्वय महाशाखाको हो ।

मधेसका जिल्लाहरुमा अमेरिकाका २६, बेलायतका १४, जर्मनी र स्वीट्जरल्याण्डका ४/४ गैरसरकारी संस्था सक्रिय छन् । मधेसमा खर्च भएकामध्ये चितवनमा सबैभन्दा बढी २ अर्व छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here