९ किमी चट्टान काटेर गाउँमा खानेपानी

132

रुकुम । वर्षौंदेखि खोलाको पानी खान बाध्य आठबिसकोट नगरपालिका–३ स्यालाखदी (साविकको स्यालाखदी गाविसका वडा ३, ४ र ५)मा ९ किमी चट्टान काटेर खानेपानी पुर्‍याइएको छ ।

खानेपानी आयोजनाको निर्माण थालिएको ५ वर्षपछि गाउँका सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासीलाई सहज भएको छ ।

१ वर्षसम्म गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा यहाँका बासिन्दा गाग्री डोकामा बोकेर गाउँभन्दा एकघण्टा दूरीको खोलाको पानी ल्याएर गुजारा चलाउने गरेकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आव २०६८/६९ देखि स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत खानेपानी ल्याउने काम प्रारम्भ भएको थियोे ।

गाउँनजिकै मुहान नभएपछि खानेपानीका लागि गाउँभन्दा करीब ९ किमी टाढाको गाउँबाट खानेपानी ल्याइएको हो । सो आयोजनाका लागि रू. १ करोड १६ लाख ४७ हजार खर्च भएको कार्यालय प्रमुख विकेश बधानथाचेले जानकारी दिए । चौबीस किमी पाइपलाइन विस्तार गरिएको खानेपानी आयोजनाबाट गाउँका २ सयभन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले बताए । चट्टानमात्र भएकाले अधिकांश ठाउँमा फलामको जीआई पाइपको प्रयोग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here