चर्चित खलनायक बिकु थोकरद्वारा विरामीलाई सहयोग

159

भक्तपुर । लामो समय देखि क्षयरोगले ग्रसित मञ्जु तामाङलाई तामाङ चलचित्रका चर्चित खलनायक तथा समाजसेवी बिकु थोकरले विस हजार सहयोग गर्नु भएको छ ।
आर्थिक अवस्था अत्यन्त कमजोर भएकी तामाङको उपचारमा सहयोगार्थ थोकरले उक्त रकम प्रदान गर्नु भएको हो ।

रोशी गाउँपालिका वडा नं ६ ज्याम्विरे पोढाको वर्ष १३की मञ्जु तामाङ ग्लानलाई तामाङ समुदायको चलचित्र क्षेत्रको चर्चित खलनायक तथा समाजसेवी बिकु थोकरले रु २०,०००० (बीस हजार रुपैयाँ )बिरामीको हातमा क्षयरोग अस्पताल भक्तपुरमा पुगि हस्तान्तरण गर्नु भएको हो। खलनायक विकु थोकरले बिरामीको लागि निरन्तर सहयोग गरिरहने बताउनु भएको छ ।

कुनै समस्य भएमा मलाई भन्नुहोला, म सक्दो सहयोग गरिनेछु ,र उपचारामा सफलता मिलोस भनी शुभकामना व्यक्त गर्दै सो रकम प्रदान गर्नु भएको हो ।

घरको आर्थिक स्थिति सारै नाजुक भएर उपचार गर्ने नसकेको बताउँदै आफ्नी छोरीलाई बचाउन सहयोग गर्न आमा कमला तामाङ सवैलाई आग्रह गर्नुहुन्छ ।

तामाङका बुबा प्रताप लामाको विगत पाँच वर्ष पहिले नै मृत्यु भईसकेको र आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण आफुहरुले छोरीको उपचार समयमा गर्न नसक्दा उनको अवस्था अझ नाजुक भएको आमा वताउनुहुन्छ ।

घरमा कमाउने विती हाल्नु भयो म एक्लीले कमाएकोले छोराछोरीलाई खुवान पनि धौ धौ छ त्यसले छोरीको उपचारमा सहयोगको अपेक्षा गरेको उहाँ वताउनुहुन्छ ।

सहयोग स्वरुप थोकर वाट २० हजार र सुदिन लामा दोङवाट एक हजार गरि जम्मा २१ हजार प्रप्त गरेपछि आफुलाई छोरीको उपचारमा केहि सहयोग मिलेको उहाँले वताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here