मालपोतका कर्मचारीको फटाई वाहिरिदै, भक्तपुर मालपोतका चार कर्मचारी घुस सहित पक्राउ

686

भक्तपुर मालपोत कार्यालयमा भष्ट्राचार मौलाउँदै जान थालेको छ । मालपोत कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुख दिने र बार्गेलिङ गर्ने गरेको घटना नयाँ होइन । अख्तियारले यसअघि पनि मालपोतका कर्मचारीलाई विभिन्न पटक घुसहित प्रक्राउ गरेपनि त्यो क्रम रोकिएको छैन ।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय भक्तपुरका चार कर्मचारीलाई फेरि घुस सहित रंगेहात पक्राउ गरेको छ। चाँगुनारायण नगरपालिका ७ बागेश्वरीको जग्गा कित्ताकात्त गरी बाटो राखेर प्लट मिलान गर्ने कामको लागि घुस लिँदै गरेको अवस्थामा मध्यपुर थिमि ३ कौशलटारस्थित वेभ सेकुवा कर्नरबाट पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नायव सुब्बा राजकुमार घिमिरे, नायव सुब्बा दिनेश रेग्मी र खरिदार दुर्गा पोखरेल रहेका छन् । घटना विवरण अनुसार बागेश्वरीका एक सेवाग्रहीले आफ्नै तिन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानको लागि बाटो राखी प्लट मिलान गर्नको लागि सबै प्रक्रिया पुर्‍याई निवेदन दिएकोमा अधिकृत श्रेष्ठले गलत नियतले दुःख दिन थालेपछि सेवाग्रहीले अख्तियारमा उजुरी दिएको थिए।

सोही उजुरीको आधारमा कर्मचारीहरुलाई घुसको रकम सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अधिकृत श्रेष्ठले सेवाग्राहीबाट ५० हजार नगद लिएसँगै वेभ सेकुवा कर्नरमै जग्गाधनी पुर्जा सेवाग्रहीलाई दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here