नेपालगन्ज– कोहलपुर सडक निर्माण सम्पन्न भएको डेढवर्षमा पनि भुक्तानी भएन

102

नेपालगन्ज– कोहलपुर सडक अन्तर्गत राझादेखि रुरेडियासम्मको साढे १० किमि सडक निर्माणको काम सकिएको छ ।

सडक निर्माण कार्यको लागि एएमआर पप्पु कन्सट्रक्सन जेभी र सडक विभाग एडीबीबीच सम्झौता भएको थियो ।

कुल ४६ करोड लागतमा निर्माण हुने गरी गत २०६९ साल १६ चैतमा सम्झौता भई  २०७० साल १३ वैशाखमा काम सुरु भएको सो सम्झौता बमोजिम निर्माण कार्य २०७२ साल १३ वैशाखमा सम्पन्न हुनुपर्नेमा तर सो ठेक्का डिजाइन त्रुटी र सडक निर्माण क्रममा बीओक्यु परिणाम भन्दा केहि थप काम र नँया काम भएको हुनाले भेरियसन भई थप काम करिब ३८ % थप काम दिएको बताइएको छ ।

सडक विभाग आयोजना निर्देशनालय अन्तर्गत नेपालगन्ज कोहलपुर सडक निर्माण योजना एसियाली विकास बैँक एडिबीको लगानीमा निर्माण सम्पन्न भएको नेपालगन्ज कोहलपुर सडक सकिएपछि पनि अझै भुक्तानी नपाएकोे गुनासो कन्ट्रक्सनको छ ।

सो सडक निर्माण आयोजनासँग रकम ६ करोड ९० लाख रुपैयाँ बिल रकम भुक्तानी र २ करोड ३० लाख रुपैया धरौटी पाउनुपर्र्ने भए पनि अझै नपाइएको जनाएको छ । सो रकम विगत १८ महिनादेखि अझै नपाएकाले एएमआर पप्पु कन्सट्रक्सन जेभीले नेपाल मध्यस्थता परिषद (नेप्का) मा गत  १० साउनदेखि ३ सदस्यीय मध्यस्थता समिति गठन भई सो निर्माण कम्पनीको ६ करोड ९०  लाख र  धरौटी रकम २ करोड ३० लाख र दावी रकम ५७ करोड ७० लाख लिनको लागि नेप्काको सहयोगमा दाबी गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here