मानिस र नरिवल चढाउनु एकै हो , यस्तो छ नरिवल बलि दिनुको कारण

1730

मन्दिरमा नरिवल किन फोडिन्छ ?

मन्दिरमा धेरै चडाइने वस्तुहरु मध्येमा सबैभन्दा बढी नरिवल प्रयोग गरिन्छ । नरिवललाइ संस्कृतमा नारिकेल भनिन्छ । श्रीफला पनि भनिन्छ नरिवललाइ जसको अर्थ हुन्छ ‘शुभ फल’। भगवानलाइ चढाउनको लागि राम्रो अनि उच्च फल मानिन्छ त्यसैले त महाफला पनि भनिन्छ यो फललाइ । मानिसको अनुहार जस्तो देखिने यो फललाई चडाउँदा मानव वली दिए जतिकै मानिने भएका कारण पनि यो प्रख्यात बलीका रुपमा मानिन्छ ।

उत्पति कसरी भयो ?

वैदिक कथाहरुमा यसको उत्पतिको बारेमा राम्रोसंग उल्लेख गरेको पाइदैन । तर पुराण अनि महाकाव्यहरुमा भने यसको बारेमा उल्लेख गरेको पाइन्छ । यो फल इन्डोनेशियामा पाइन्थ्यो अनि पहिलो शताब्दी पछिको समयमा उत्तरी एशियातिर भित्र्याइएको जनाइन्छ ।

कहिले प्रयोग गरिन्छ

नरिवललाइ धेरै जस्तो शुभकार्यको अगाडी प्रयोग गरिन्छ । तोरण झै घरको ढोकामा कुनै शुभकार्य पुर्व नरिवल फोडिन्छ । नरिवललाइ उर्वरताको प्रतिक मानिन्छ । त्यसैले धार्मिक विश्वास अनुसार, यदि कोही स्त्रीलाइ सन्तानको इच्छा भएमा नरिवलको रुख रोपेमा सन्तान प्राप्ति हुनेछ किनकी नरिवल पनि मानिसको अनुहार जस्तै हुन्छ ।

नरिवललाइ विवाह, कुनै चाडपर्व, नयाँ सवारी साधनको प्रयोग गर्दा, बाटो तथा पुल निर्माण गर्दा, घरको जग हाल्दा आदी कार्यमा पनि प्रयोग गरिन्छ । कुनै कार्यको शुभारम्भ पुर्वनै सबै काम राम्रोसंग होस् भनि नरिवल प्रयोग गरिने धार्मिक मान्यता छ ।

कसरी प्रयोग गरिन्छ?

पानीले भरिएको जगको माथी नरिवल र आँपको पात राखेर महत्वपुर्ण कार्य अगाडी वा कोहीलाइ स्वागत गर्दा नरिवलको पुजा गरिन्छ । नरिवललाइ दुइ टुक्रा बनाइ भगवानलाइ चढाइन्छ र पछि प्रसादको रुपमा बाँडिन्छ । नरिवलको रुखलाइ पनि फल जतिकै शुभ मानिन्छ । चलिआएको विश्वास अनुसार नरिवलको रुख विनाश गर्नेको पनि विनाश हुने बताइन्छ ।

भगवानलाइ किन चढाइन्छ नरिवल?

शुभकार्यको अगाडी भगवानको मुर्ती अगाडी नरिवल चढाइन्छ । यो प्रथाको पछाडी भयानक अर्को प्रथा लुकेको छ ।
परापुर्वककालमा मानिसको बलिदान गरिन्थ्यो । पुजाआजा गर्दा कुनै महत्वपुर्ण कार्यको अगाडी मानिसलाइ नै चढाउने चलन थियो । पछि यो कार्यमा कुरा उठ्न थालेपछि मानिसको ठाँउमा नरिवलले काम चलाउन थालिएको हो । जसका कारण नरिवल बलि र मानव बलि एकै मानिन्छ । जहाँ पनि नरिवलको बलि एवं चढाउने चलन छ त्यसमा मानव बलि दिएर शुभ होस भनी मानव प्रतिकका रुपमा नरिवल बलि दिईन्छ ।

तर नरिवल नै किन छानियो?

मानिस को सट्टा नरिवल नै किन प्रयोग गरियो त? मानिसको टाउकोको प्रतिनिधित्वको लागि नरिवल प्रयोग गरिएको हो । नरिवलमा हुने दागहरुले मानिसको टाउको जस्तै भान गराउने हुनाले नरिवलनै छानिएको हो । नरिवलको पनि जटा अर्थात कपाल हुन्छ जसमा आँखा जस्तो भाग पनि हुन्छ जुन मानिसको टाउको जस्तै नै देखिन्छ । मानव बलि दिन प्रतिवन्ध पछि नरिवल चढाउने चलन प्रख्यात भयो अनि मानिसहरुले किन र कसरी भन्ने बिर्सन पनि थाले ।

सांकेतिक अर्थ

नरिवल फुटाउदा सांकेतिक रुपमा व्यक्तिको अहंकारपनि टुट्ने बुझिन्छ । अहंकारलाइ व्यक्तिगत अनि आध्यात्मिक बिकासको लागि सबैभन्दा ठुलो शत्रु मानिन्छ ।

हिन्दु ग्रन्थ अनुसार नरिवल फलनै ऋषि विश्वामित्रले बनाएका थिए । राजा सत्यवर्त मानिसकै रुपमा स्वर्गलोक जान चाहन्थे तर स्वर्गका देवताहरुले आउन नदिएको कारणले सहयोगार्थ विश्वामित्रले नरिवलको उत्पति गराएका थिए । सत्यवर्त सूर्यवंशका चर्चित अनि धर्मात्मा राजा थिए। सत्यवर्तको एउटै इच्छा थियो, आफ्नो शरिर समेत नै स्वर्गलोक हुने ।

अन्य प्रयोग

भित्री फलबाहेक नरिवलको अन्य भागहरु पनि प्रयोगमा ल्याइन्छ। बाहिरको कडा भाग फर्निचरहरुमा विभिन्न कामको लागि प्रयोगमा ल्याइन्छ। भित्री फलह त्यतिकै खान तथा अन्य परिकारहरुमा मिसाएर खाइन्छ। भित्री फलबाट तेलपनि निकाल्न सकिन्छ। यो तेल पकाउने कामको साथै सौन्दर्य सम्बन्धि विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ। नरिवलको तेलले कपाल कालो बनाउने अनि चाडै फुल्नबाट रोक्ने गर्दछ।

नरिवलको पानी स्वास्थ्यको लागि राम्रो मानिन्छ। गर्मी क्षेत्रमा पाइने नरिवलले जमिनको नुनिलो पानी सोसेर मिठो पानी उत्पादन गर्छ। पेट, आन्द्रा तथा किड्नीको लागि नरिवल पानीले राम्रो गर्दछ। किड्नीमा पथ्थरी छ भने नरिवल पानीले घुलाउने काम पनि गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here