अनेरास्ववियु क्रान्तिकारीको केस २४३ सदस्यीय

262

काठमाडौंँ। नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी २१ औँ राष्ट्रिय सम्मेलनले करिब अढाइ सय सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने भएको छ ।

क्रान्तिकारीे पदाधिकारी आज बसेको बैठकले सम्मेलनबाट ३३ पदाधिकारी सहित २४३ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित हुने निर्णय गरेको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अहिले ९९९ सदस्यीय केन्द्रीय समिति छ । उहाँका अनुसार कमिटीमा अध्यक्ष एक, उपाध्यक्ष नौ, महासचिव एक, उपमहासचिव पाँच, सचिव १६ र कोषाध्यक्ष एक रहनेछन् । क्रान्तिकारीको आउँदो भदौ ७ देखि ११ गतेसम्म नयाँ नेतृत्वका लागि यहाँ सम्मेलन हुँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here