मृतकको सम्झनामा आज देखि गाईजात्रा सुरु

739

सन्जिब दुलाल

भक्तपुर । उपत्यकामा मनाईने चाड पर्व मध्ये एक महत्तवपुर्ण तथा रमाईलो जात्रा मध्य एक हो गाईजात्रा । अझ त्यस मध्य भक्तपुरमा मनाईने गाईजात्रा विशेष गरी कला र सस्कृतिका साथै ब्यग्यात्मक हुने भएकाले यहाँ उपत्यकाका तीनै शहर तथा छिमेकी जिल्ला काभ्रे देखी जात्रा हेर्न विहानै देखी घुँईचो लाग्ने गर्दछ । आफन्तहरुको मृत्युपछि सो व्यक्तिको सम्झनामा दुःख बिर्साउन तथा मृत्यु भएका व्यक्तिको सम्झनामा गाईको प्रतिमूर्र्ति भएको वा जिउँदो गाईलाई नगर परिक्रमा गराई मनाइने चाड गाईजात्रा हो ।

नेवार समुदायले बिशेष पर्वका रुपमा मनाईने गाईजात्रा आज देखी सुरु भएको छ । बर्षदिन भित्र मृत्यृ भएका आफन्तको समझनमा उनीहरुको तस्विर सहितको गाईको मुर्ति बनाई नगर परिक्रमा गर्ने चलन रहेको छ ।
उपत्यका दिन प्रतिदिन बढ्दै गएको पश्चिमेली सस्कृतीका कारण जात्रा निकाल्ने तथा मनाईनेको सख्या पनी घट्दै गएको छ । तर भक्तपुरका गाईजात्रा उपत्यका काठमाण्डौ र ललितपुरमा भन्दा परपरागत हुने भएक कारण यहाँको जात्रामा उपत्यका तिनै जिल्ला लगाएत काभ्रे देखी जात्रामा सहभागी हुन आउने गर्दछन् ।

आफन्तहरुको मृत्युपछि सो व्यक्तिको सम्झनामा दुःख बिर्साउन
तथा मृत्यु भएका व्यक्तिको सम्झनामा गाईको प्रतिमूर्र्ति भएको वा
जिउदो गाईलाई नगर परिक्रमा गराई मनाइने चाड गाईजात्रा परम्परानै गाईजात्रा हो । तर अहिले जिउदो गाई नभएका कारण अधिकाश गाईको पतिमुर्ती बनाई घुमाउने चलन रहेको छ ।
परम्परादेखि मनाईदै आएको भक्तपुरको प्रसिद्ध गाईजात्रा भाद्र कृष्ण पक्षको प्रतिपदा देखि आठदिन सम्म मनाईने चलन रहेको संस्कृतिविध प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ बताउनुहुन्छ । गाईजात्रा देशब्यापी रुपमा मनाईने भएता पनी भक्तपुरको गाईजात्रा आकर्षक सास्कृतिक झाकी सहितको हुने भएका कारणपनि यहाँको जात्रा महत्तपुर्ण रहेको उहाँबताउनुहुन्छ ।
भक्तपुरमा मनाईने गाईजात्राको बिहान सबेरै भक्तपुरको तलेजु बाट
कुखुरा नबास्दै तलेजुको ताहामाचा बनाई देश अर्थात भक्तपुर नगरपालीका परिक्रमा गर्ने प्रचलन रहेको छ । तलेजुको ताहामाचा बनाई देश परिक्रम गराई सकेपछी सर्वसाधाहरण मानिसको
मृत्यृ भएकाहरुको मृत्आत्माहरुको प्रतिक ताहामाचा बनाई नगर परिक्रम गर्ने चलन रहेको श्रेष्ठले जानकारी दिनुभयो । गाईजात्राको अघिल्लो दिन नै भक्तपुरको दरबार क्षेत्रबाट घिन्ताङघिसी नाच निकाल्ने गरिन्छ । घिन्ताङघिसी नाच भक्तपुर को नगरपरिक्रमा गराउने गरिन्छ । भक्तपुरमा मनाईने ८ दिन सम्मको गाईजात्राको प्रमुख आर्कषण घिन्ताङघिसी नाच हो । यो नाच विशेष तयारीका साथ कलात्मक शैलिको हुने भएका कारण यो नाचमा सहभागीहरुलाई नचाउनका लागी दुई सातादेखि अभ्यास गरी सो दिन निकालिन्छ ।
नेवार समुदायले विशेष पर्वका रूपमा मनाउदै आएको गाईजात्रा वर्ष दिनभित्र मरेका मान्छेको दिवंङगत आत्माले मोक्ष प्राप्त गरुन भनी प्रत्येक वर्ष श्रावणशुक्ल प्रतिपदाको दिनदेखि आठदिनसम्म मनाइन्ने गरेको श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल भाषामा
सापारु भनिने गाईजात्रामा विधिवत गाईलाई परिक्रममा गराएमा मृतात्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास रहेको छ । यस्तै जात्रालाई गोपालराज वंशावलीमा पनि सायाता जात्रा भन्ने उल्लेख गरिएको उहाँले जानकारी दिनुभयो । यो गाईजात्रा पर्व कहिलेदेखि सुरु भयो भन्ने तथ्यगत प्रमाण नभएता पनि विक्रमको १४ औँ शताब्दीभन्दा अगाडि लिच्छविकालको अन्त्यमा यो गाईजात्रा सुरु भएको मानिन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here