खानेपानी ट्याङ्की निर्माणपछि तामाङ बस्ती लाभान्वित

337

चाँगुनारायण । चाँगुनारायण नगरपालिका वडा नम्वर ४ तामाङ बस्तीमा खानेपानी ट्याङ्की निर्माण भएपछि त्यस भेगका १ सय ८९परिवार लाभान्वित भएका छन् ।

डीसीएको साझेदारीमा फेण्डस सर्भिस काउन्सिल नेपालद्दारा सञ्चालित परियोजनाका कारण तामाङ बस्तीका बासिन्दा लाभान्वित भएका हुन् ।
डीसीयले उक्त क्षेत्रमा २ खानेपानी ट्याङ्की, ३ ईन्टेक , बस्तीमा धाराहरु निर्माण गरिएको डीसीय भक्तपुर कोडिनेटर राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

सो खानेपानी आयोजनामा पानी सङ्कलनका लागि ९ हजार लिटर र २० हजार लिटर क्षमता भएको ट्याङ्की र पानी वितरणका लागि आवश्यक पाईप तथा २१ वटा धाराबाट पानी वितरण गरिएको फेण्डस सर्भिस काउन्सिल नेपालका ईन्जिनियर बोविन्द्र प्रधान सिंहले जानकारी दिनुभयो ।

सो आयोजना निर्माणपछि त्यहाँका १८९ घरपरिवारका एक हजार भन्दा बढीले स्वच्छ पानी खान पाएका सिंहले वताउनुभयो ।

यसअघि त्यहाँ खानेपानीको उचित व्यवस्था नहुँदा त्यहाँका सर्वसाधारण एक गाग्री पानी लिन पैदल हिँडेर टाडा टाडा सम्म पानी लिन जानुपर्ने बाध्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here