झरि नआउन यसरी

235

आकाशमा मेघ गर्जिरह्यो

 मन एकनासै तर्सिरह्यो

 रोकिने नामो निसान छैन

एकैनासै बर्षाद बर्षिरह्यो!!

गाउँ सहरको सम्बन्ध बिछेत छ

 जताततै डुबान छ

 यात्रा कष्टकर जताततै

एकनासै मार्गमा पहिरो गैरह्यो!!

प्रकृतिक प्रकोप पनि कस्तो

भुइँचालोको सास्ती सहनु सहियो

 जनधन धरापमा खेतीपाती घरबार एकैनासै सोह्रीरह्यो!!

ए झरी नआउन यसरी

 मन रुन्छ बेस्सरी

 शान्त बनिदेउ

पुरिएका छन बगेका छन

 मृत एकनासै आशुं झरीरह्यो!!

डर र त्रास हरेक साल

 ख्वै दैव निष्ठुरीको के हो यो चाल

 चिन्तित छु अझै कहाँ के के हुन्छ

 एकनासै बर्षाद बर्षिरह्यो!!

प्रकाश घिमिरे अन्जानयात्री बौदीकाली गाउँपालिका ३ नवलपरासी हाल कतारबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here