प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

187

काठमाडौँ: जबरजस्ती चन्दा असुलेको अभियोगमा पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

पक्राउ परेका प्रकाण्डसहित हकमा नरेन्द्रबहादुर विश्वकर्माले गृहमन्त्रालयलाई विपक्षी बनाउँदै दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले ४८ घण्टाभित्र हाजिर गराउन आदेश दिएको हो ।

रिटमाथि सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले महान्यायाधीवक्तको कार्यालयमार्फत् ४८ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here