प्रचण्डको खुलासाः फुटेकाहरू जुटेर पहिलो शक्ति बन्दैछ माओवादी

232

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक विभाजित भएका माओवादीहरु मिल्न लागेको बताएका छन् । शुक्रवार योँङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीबाट फुटेर गएका शक्तिहरु एकै ठाउँमा उभिन लागेको बताएका हुन् ।

प्रचण्डले भने ‘माओवादीबाट विभाजित भएर गएका मोहन वैद्य ‘किरण’, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीबाट थुप्रै नेता तथा कार्यकर्ता माओवादीमै फर्किएको बताएका छन् । अबको केहि दिनभित्र नयाँ शक्ति गएका माओवादीहरु पनि फर्किन लागेको उनले बताए ।

माओवादी पार्टी फुटाउदा कसैलाई फाइदा नभएको भन्दै प्रचण्डले भने ‘पार्टी फुटाउदा राम्रो हुने भए बैद्यजीको पार्टी सबैभन्दा ठूलो हुनुपथ्र्यो तर त्यस्तो देखिएन । बाबुरामजीले केजरीवाल नै बन्छु झै गरेर पार्टी फूटाउनु भयो । के के न गर्छु भनेर विप्लवजीले पार्टी फूटाउनु भयो ।’ सबैको हालत त अहिले देखियो नि’ प्रचण्डले भने । माअोवादीहरू मिलेर फेरि पनि पहिलो शक्ति हुने प्रण्डले दावी गरेका छन् ।

 

वाईसिएल सम्मेलनमा प्रचण्डले भने-बुढाहरुले ओगटेर नबस्नुस्, युवालाई ठाउँ दिनुस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको सम्वाहक युवाहरु नै भएको भन्दै वाईसीएललाई विकास र समृद्धिका लागि व्रिगेड बनाउन निर्देशन दिएका छन् । शुक्रवार योँङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो निर्देशन दिएका हुन् ।

‘युवाहरुको व्रिगेड बनाउनुस् तर, हिजोको जस्तो मेसिनगन चलाउने होइन, आर्थिक समृद्धिको लागि युवाहरुको फौज चाहिएको छ’ प्रचण्डले भने युवाहरुबाट जस्तोसुकै विद्रोह गर्न सकिन्छ । आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।’

त्यस्तै अरु राजनीतिक दलका युवाहरुलाई पनि आर्थिक समृद्धिको दिशामा अघि बढ्न प्रचण्डले अपिल गरेका छन् । पूर्व जनमुक्ति सेनाको पुनर्गठित रुप वाईसीएल भएको भन्दै प्रचण्डले पुरानो टिमलाई विदाई गर्दै नयाँ टिम बनाउनुपर्ने धारणा राखे ।

एकताको राष्ट्रिय सम्मेलनको प्रसंग कोट्याउँदै प्रचण्डले भने ‘वाइसिएलमा बुढाहरु होईन युवाहरु आवश्यक छ ।’ वाइसिएलमा समेटि नसकेकाहरूलार्इ पार्टीमा समावेश गराइने प्रचण्डले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here