बहिरालाई सरकारले अपहेलाना गरेको छ : सुवाल

246

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले बहिरालाई राज्यले नै अपहेलना गरेको बताउनुभएको छ ।

भक्तपुर बहिरा संघको २१औँ वार्षिक साधारणसभामा बोल्दै उहाँले सरकाले बहिरालाई शिक्षा स्वास्थ्य तथा रोजगारीको पहुँचवाट वाहिर राखी अपहेलना गरेको वताउनुभएको हो ।

सुवालका अनुसार बहिराको मागको बारेमा आफूले संसद् बैठकमा आवाज उठाउने बताउँदै सरकारले बहिराका शिक्षा, रोजगारी तथा तालीमको व्यवस्था नगरेसम्म अफुले हक हितका लागि आवाज उठाई रहने वताउनुभयो ।

कार्यक्रममा बहिराहरुले सबै कार्यालयमा दोभाषेको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

अधिकांश बहिराले कार्यालयमा दोभाषे नहुँदा बहिराको माग सम्बोधन हुन नसकेको दोभाषे एवं संघका सदस्य टीकाराम लामिछानेले बताउनुभयो । उहाँका अनुसार प्रत्येक नगरपालिका तथा कार्यालयमा एक दोभाषे राख्नुपर्ने र बहिराको पहुँच शिक्षा, स्वास्थ्य तथा रोजगारीमा पुग्नुपर्ने बताउनुभयो ।

महिला विकास कार्यालयका प्रमुख नीला घिमिरेले सरकारले अपांगका लागि कम बजेट पठाउने भएकाले बहिरा तथा अपांगलाई कार्यालयले मागअनुसारको कार्यक्रम दिन नसकेको दुखेसो पोख्नुभएको थियो ।

संघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी, कोषाध्यक्ष सुशील अधिकारी, सचिव जयराम पकानेवारलगायतले संघले भवन निर्माण गर्न लागेकाले सबै निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

त्यस अवसरमा बहिरा क्षेत्रबाट २०७३ को एसइई परीक्षा उत्तीण सरु जति, सोना ग्वाछा र लक्ष्मीप्रसाद दुलाललाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here