प्रहरीकै अगाडि चौकीभित्रै सासुद्वारा ज्वाइँको हत्याको प्रयास, ९ पटक छुरा प्रहार

689

सामान्यतया हामी सुरक्षाको लागि प्रहरीलाई गुहार्छौं । तर, प्रहरीको सुरक्षा घेराभित्रै आक्रमण भयो भने सुरक्षा खोज्न कहाँ जानु । यस्तै भएको छ प्रेम विवाह गर्ने एक युवकलाई । उनलाई आफ्नै सासुले प्रहरी चौकीभित्रै ९ पटक छुरा प्रहार गरी हत्याको प्रयास गरेकी छिन् । भारतको इन्दौरमा छोरीले भागेर प्रेमविवाह गरेपछि रिसाएकी उक सासुले आफ्ना ज्वाइँको हत्याको प्रयास गरेकी हुन् । गम्भीर घाइते ती युवकलाई अस्पताल भर्ना गरिएको छ । सासुलाई हिरासतमा लिइएको छ । उनीसँगबाट एक चक्कु र खुकुरी जफत गरिएको छ ।

यहाँका सागर धारेले २ दिनअघि प्रेरणा महाजनसँग प्रेमविवाह गरेका थिए । प्रेरणाका परिवारले उनी हराएको रिपोर्ट दर्ता गराएका थिए । शुक्रबार साँझ सागर र प्रेरणा बिहे गरेर घर फर्के । उजुरीका आधारमा उनीहरुलाई प्रहरी चौकी बोलाएर बयान लिइँदै थियो । उनीहरुको बिहे प्रेरणाका पिता र दाजुले स्वीकार गरिसकेका थिए । अचानक त्यहाँ प्रेरणाकी आमा आइपुगिन् । आमा सीमाले आफ्नो पेट दुखेको भन्दै एकैछिन कुसीमा बसिन् त्यसपछि शौचालय गइन् ।

शौचालयबाट फर्किँदा उनको हातमा एउटा चक्कु थियो । कसैले केही पत्तो पाउनुभन्दा पहिल्यै सीमाले सागरमाथि आक्रमण गरिन् । उनले सागरको पिठ्युँ, घाँटी, र टाउकोमा ९ पटक प्रहार गरिन् । यो घटना एकदमै अचानक भएकोले प्रहरी जवानहरु तत्काल घटना रोक्न सकेनन् । प्रहारपछि घाइते भएका सागरलाई बचाउन प्रहरीलाई केही समय लाग्यो । घटनापछि रुँदै प्रेरणाले आफूले आफ्नो यच्छाअनुसार नै बिहे गरेको बताएकी छिन् । प्रहरीका अनुसार सीमा पहिले नै तयारीका साथ आएकी थिइन् । खुकुरीमा सागरलाई मार्ने उद्देश्यले २ दिन अगाडि नै धार लगाइएको पाइएको प्रहरीले जनाएको छ । उनले सारीमा हतियार लुकाएर ल्याएको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here