संविधान संशोधन प्रस्ताव फेल : को को थिए विपक्षमा

203

काठमाडौं । सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव फेल भएको छ ।

व्यवस्थापिका संसद्मा हाल कायम सदस्य संख्याको दुई तिहाइले पारित गर्नुपर्ने भए पनि प्रस्तावको पक्षमा दुई तिहाई पुग्न सकेन । सोमबार बेलुका भएको मतविभाजनमा प्रस्तावको पक्षमा ३४७ र विपक्षमा २०६ मत प्राप्त भएको थियो ।

प्रस्ताव पारित हुन कम्तिमा पनि ३९५ मत आवश्यक पथ्र्यो । नेकपा एमाले, राप्रपा,  नेमकिपा, राजमो लगायतका राजनीतिक दल प्रस्तावको विपक्षमा उभिएका थिए ।

प्रस्तावको पक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा लगायत साना दल पक्षमा थिए ।  उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई मत नभएकाले अस्वीकृत भएको घोषणा सभामुख ओनसरी घर्तीले गरेकी थिइन्

आज संसदमा संविधान संशोधनको बिपक्षमा भएका दल र सॉसद संख्या-
१) एमाले – १८०
२) राप्रपा – १७
३) नेमकिपा – ४
४) रा.ज.मो – ३
५) नेकपा माले – ५
६) नेपाल परिवार दल – २
७) ब.श.पा – १
८) संघिय थरुहट – १
९) म.स.पा नेपाल – १
१०) नेसपा – १
११) नेररपा – १
१२) खुरापा – १
१३) नज दल – १
जम्मा २२०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here