नेपालको कानुन दैवले जानुन् : डलर तस्करी आरोपित पाइलट तालिममा विदेश

109

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाएको छ ।

वरिष्ठ क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको हो । अवाले बिहीबार (भदौ ८) मा तालिमका लागि सिंगापुर जाँदैछन् ।

‘फौजदारी अभियोग लागेका क्याप्टेन अवालेलाई लाइसेन्स अद्यावधिक गर्ने भन्दै थप लाखौं लगानी गरी कसरी विदेश तालिममा पठाउन मिल्छ ?’ निगम उच्च स्रोतले भन्यो, ‘उनको मुद्दाको छिनोफानो भएको छैन । भोलि उनले मुद्दा हारे भने उनीमाथि गरिएको लगानी डुब्छ र त्यसको जिम्मेवारी कसले लिन्छ ?’

सम्बद्ध स्रोतका अनुसार अवालेलाई तालिममा पठाउँदा १४ लाखदेखि १६ लाखसम्म खर्च हुन्छ । त्यसबाहेक उनलाई प्रतिदिन २० हजार रुपैयाँ भत्ताको व्यवस्था गरिएको छ । अवालेले न्यूनतम १ साता सिंगापुरमा बिताउनेछन् ।

क्याप्टेन अवाले २०७३ वैशाख २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित दुबई उड्न लाग्दा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । आजको नागरिक दैनिकमा खबर छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here