सबै महाधिबेशनमा सहभागी हुनुहोस् धर्नाको औचित्य छैन भक्तपुर सभापति थापा

106

भक्तपुर । नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको सभापतिलाई समस्या होला । अधिवेशनको माहोल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ । म सबैलाई पार्टीको महाधिवेशनमा विन्रमतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन् ।’

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिल्ला सभापतिहरु उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको भन्दै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पारे । उनले आफूहरुले क्रियाशिल वितरण सर्वसम्मत रुपमा वितरण गरेको पनि सुनाए ।
उनले भने,‘भक्तपुरमा हामीले क्रियाशिल र नविकरणपनि केन्द्रीय परिपत्र र विधानअनुसार नै गरेका हौं । भक्तपुरमा क्रियाशिलको विवाद छैन् । अरु ७६ जिल्लामा पनि साथीहरुले नविकरण र वितरण गर्नुभयो होला भन्ने लागेको थियो । तोकिएको समयभन्दा अघि नै हामीले काम सम्पन्न गरेको हो । हिजो समायोजनको प्रक्रियामा जाँदै गर्दा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका साथीहरुलाई पनि उचित रुपमा समायोजना गरेकै हो, यसमा समायोजन समिति गठन गरेर समायोजन गरेको हो । को सहमहामन्त्री बन्यो ? को केन्द्रीय सदस्य बन्यो ? कसले महासमिति सदस्य बन्यो भन्दापनि सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’
थापाले अहिले कांग्रेस वैधानिक संकटमा छ भन्ने कुरा पनि आएको उल्लेख गर्दै भने,‘वर्तमान सभापतिले महाधिवेशन गर्न नसक्ने भनेर पनि कुरा आयो । तर, सर्वसम्मतीले १४औं महाधिवेशनको मिति तय भएको छ । क्रियाशिल सदस्यताको विवाद पनि समाधान भएको थियो । देशभरिका साथीहरु हर्षोल्लासका साथ सहभागी हुने वातावरण बनिरहेको बेला साथीहरु किन र कुन घेराबन्दीमा परेर धर्ना दिइरहनुभएको छ ? यो मलाई थाहा छैन् ।’
उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशिल सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको र सहमति गरेको पनि स्मरण गराए । उनले थपे–‘देशव्यापी रुपमा अधिवेशनको माहोल बन्दै थियो । तर, भोलिपल्टै अनियमितता भयो, धाँधली भयो । वेबसाईटमा सार्वजनिक गर्नुपर्यो भनेर धर्नामा हुनुहुन्छ ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here