चितुवा मार्न हतियारसहित गए १७ प्रहरी

109

बैतडी – बैतडीको तल्लोसोराडमा चितुवाले आतंक मच्चाउन थालेको छ । केही महिना निष्क्रिय रहेको चितुवाले फेरि आतंक मच्चाउन थालेपछि स्थानीय बासिन्दा त्रसित छन् ।

नरभक्षी चितुवाले लगातार आक्रमण गर्न थालेपछि चितुवा मार्न हतियारसहितको १७ जनाको प्रहरी टोली प्रभावित क्षेत्रमा पुगेको छ । ईलाका प्रहरी कार्यालय पाटनबाट गएको टोलीले मानिसमाथि आक्रमण गरिरेहेको चितुवाको खोजीसुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कमल विष्टले जानकारी दिनुभयो ।

गएको ६ वर्ष यता तल्लोसोराडमा चितुवाको आक्रमणबाट २३ जनाको ज्यान गइसकेको छ । यसअघि २०७३ साल भदौमा चितुवाले आक्रमण गरेर दुई बालिकाको ज्यान लिएको थियो । नरभक्षी चितुवा मार्नका लागि दुईपटक प्रहरी परिचालन गरेको भए पनि मार्न भने सकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here