मध्यपुर थिमिको सबै वडामा योग साधना केन्द्र

149

मध्यपुर थिमि/ शंखधर योग साधना केन्द्रको पाँचैं बार्षिक उत्सव सम्पन्न भयो । मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो बार्षिक उत्सव कार्यक्रममा यस योग साधना केन्द्रबाट सर्वप्रथम योग शिक्षक तालिम लिएका नानी मैया थापा, पुष्प बज्राचार्य लगायत ५ जना, नियमित रुपमा योग साधना गरेका योग साधकहरुलाई सम्मान गरियो ।

सोही कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वडा अध्यक्षहरु कुमार श्रेष्ठ, जिल्ला समन्वय परिषद सदस्य उमेश श्रेष्ठ तथा नसस रामकेशरी श्रेष्ठ तथा सुन्दरलाल श्रेष्ठलाई सम्मान गरेका थिए ।

प्रमुख अतिथि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाको नौंवटै वडाहरुमा योग साधना केन्द्र स्थापनाको लागि बजेत विनियोजन गर्ने बताउनु हुँदै योगले मानसिक तथा शारीरिक रुपमा स्वस्थ बनाउनुको साथै यसले राष्ट्रियता, आध्यात्मिकता, नैतिक शिक्षालाई समेत जोडेकाले यो अझ महत्वपूर्ण भएको बताउनु भयो ।

नयाँ जनप्रतिनिधि आए पछि नपामा भएका सुधारका विषयमा चर्चा गर्नु हुँदै बोडेको गुम्वालाई प्रक्रियागत तथा नियमसंगत रुपमा निर्माण गर्नको लागि रु.५० लाख विनियोजन गरेको समेत बताउनु भयो ।

पतञ्जली योग केन्द्रका केन्द्रीय सदस्य गोविन्द तौजलेले योगले व्यक्तिको स्वास्थ्यको साथै व्यक्तित्वको पनि विकास गर्ने भएकाले भक्तपुर जिल्लालाई योगमय बनाउनका लागि भक्तपुर नगर भित्र पनि योग साधना केन्द्रहरु स्थापना गर्नु पर्ने बताउनु भयो ।

भक्तपुर योग साधना केन्द्रका संरक्षक बालमुकुन्द सुवालले योग कुनै जातजाति, धर्म, लिङ्ग, पार्टी र वर्ग विशेषको नभएकाले सबैले सकारात्मक सोचका साथ यसको प्रचारप्रसार र सबैले योग गर्ने वातावरण मिलाउनु पर्ने बताउनु भयो ।
मध्यपर थिमि नपा, वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले स्वस्थ रहन सबैले योग गर्नु पर्ने बताउनु हुँदै मध्यपुर थिमि नगरपालिको सबै वडामा योग साधना केन्द्र स्थापना गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा योग साधक नित्यनाथ श्रेष्ठ, कृष्णराम मुल लगायतका बक्ताहरुले योगको महत्वबारे प्रकाश पर्नु भयो ।

शंखधर योग साधना केन्द्रका संयोजक जगतकृष्ण पात्या श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको सो कार्यक्रममा बालकुमारी योग साधना केन्द्र, मध्यपुर योग साधना केन्द्र, हलेसी योग साधना केन्द्र, भक्तपुर योग साधना केन्द्र लयागत बनेपाबाट समेत योग साधकहरुको उपस्थिति रहेको सो कार्यक्रममा योग साधक डमरु पौडेलले स्वागत तथा सुचित्रा बस्नेतले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here