राप्रपा (प्रजातान्त्रिक) दिपक वोहराको नेतृत्वमा सरकारमा जाने

3301

काठमाण्डौं । राप्रपा (प्रजातान्त्रिक) दिपक वोहरको नेतृत्वमा सरकारमा जाने भएको छ । प्रजातान्त्रिक ४ पुरा मन्त्री र ४ राज्य मन्त्री सहित बुधवार सरकारमा जाने भएको हो ।

स्रोतका अनुसार राप्रपा (प्रजातान्त्रिक) उद्योग, वन तथा भु संरक्षण , शान्ति तथा पुन निर्माण र विज्ञान तथा प्रविधी मन्त्रालयका साथ सरकारमा जाने भएको हो ।

उद्योग मन्त्रीमा दिपक वोहरा मन्त्री हुने टुङ्गो लागे पनि अन्य मन्त्रालय भने हाल सम्म को को मन्त्री हुने भन्ने टुङ्गो लागि नसकेको स्रोतले जनाएको छ ।

मन्त्रीमण्डलमा जानेहरुमा सुनिल वहादुर थापा , विक्रम पाण्डे र रामकुमार सुव्वा पुर्ण मन्त्री तथा राज्य मन्त्रीमा रेसम लामा र सीता लुईटेले टुङ्गो लागेपनि २ राज्यमन्त्रीको टुङ्गो नलाग्दा प्रजातान्त्रिक आज सरकारमा नगएको हो ।

राप्रपा (प्रजातान्त्रिक)ले भोली सम्ममा सम्पुर्ण मन्त्रीको टुङ्गो लगाई बुधवार सरकारमा जाने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here