वाईसीयल मध्यपुरमा चक्रधर

1115

भक्तपुर । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीयल नेपालको मध्यपुर थिमी सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनवाट अमित चक्रधरको अध्यक्षतामा ५ सदस्यीय थप्ने गरि २७ सदस्यीय नगर कमिटि निर्वाचित गरिएको छ ।

मध्यपुर थिमी सम्मेलन लाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी वाईसीयल नेपालका केन्द्रिय उपाध्यक्ष बिरु तामाङले संगठनले आगामी दिनमा देश र जनताको हक हित रक्षाका लागि दिलो ज्यान दिएर काम गर्ने वताउनुभयो ।

उहाँले देश संक्रमणमा रहेका कारण अवका दिनमा वाईसीयल नेपाल माथी अझ जिम्मेवारी थपिएको वताउँदै उक्त जिम्मेवारीलाई वहन गर्न सवै एकजुट हुनुको विकल्प नभएको वताउनुभयो ।

वाईसीयल नेपालको  केन्द्रिय उपाध्यक्ष  बिरु तामाङ विशेष अतिथी तथा भक्तपुर जिल्ला सङ्गठन समितिको सह ईन्चार्ज प्रतिभा श्रेष्ठ विशेष अतिथी वाईसीयल नेपालको केन्द्रीय सचीव अरुण घिसिङले सम्मेलनलाई सम्वोधन गर्दै अव वाईसीयलले जनताका हरेक सामाजिक कार्यमा आफ्नो भुमिका सहजकर्ताका रुपमा राख्न आवहान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here