मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना भेनेजुयलासँग बराबरी

137

काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना विश्वकप छनौटको दक्षिण अमेरिकी क्षेत्रको छनौटमा बराबरीमा रोकिएको छ । सन् २०१८ मा रुसमा हुने विश्वकपको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिना भेनेजुएलासँग १ – १ गोलको बराबरीमा रोकिएको हो ।

अर्जेन्टिनाको घरेलु मैदानमा भएको खेलमा दुवै गोल भेनेजुएलाका खेलाडीले गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा भेनेजुएलाका रोल्फ फ्लेटचरले आत्मघाती गोल गरेपछि अर्जेन्टिनाले एक अंक पाएको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा जोन मुरिल्लोले गोल गर्दै भेनेजुएलालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेट पछि फ्लेटचरले आत्मघाती गोल गरेपछि खेल १ – १ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीपछि पाँचौ स्थानको अर्जेन्टिनाले २४ अंक जोडेको छ । र, अर्जेन्टिना अझै विश्वकप छनोटभन्दा बाहिर रहेको छ । ८ अंक जोडेको भेनेजुएला छनोटको अन्तिममा रहेको छ । यस क्षेत्रबाट शीर्ष चारमा पर्ने टिम विश्वकपका लागि सोझै छनौट हुनेछन् । यस क्षेत्रबाट ब्राजिलले विश्वकप यात्रा तय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here