स्थानीय तह सञ्चालन विधेयकको प्रतिवेदन समितिको पूर्ण बैठक

134

काठमाडौँ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफाबार छलफल गरी प्रतिवेदन पेश गर्न गठित उपसमितिले काम पूरा गरेको छ ।

व्यवस्थापिका–संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारीसमक्ष आज उपसमिति संयोजक सांसद रामचन्द्र पोखरेलले प्रतिवेदन बुझाए ।
प्रतिवेदनमाथि बिहीबार समितिको पूर्ण बैठकमा छलफल गरी पारित गरिने सभापति अधिकारीले जानकारी दिए ।

वैशाख ३१ गते पहिलो चरण र असार १४ गते दोस्रो चरणमा स्थानीय तह निर्वाचन भई निर्वाचित जनप्रतिनिधिले कानूनको अभावमा काम गर्न नपाएको गुनासो गर्दै आएका छन् । कानून बन्न ढिला हुँदा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आदेशका भरमा स्थानीय तह काम गर्न बाध्य छन् । धेरै जनप्रतिनिधिले कर्मचारी प्रशासनले आदेश जारी गरेर स्थानीय सरकारलाई निर्देश गर्न खोजेको भन्दै विरोध पनि गर्ने गरेका छन् ।

दुई नं प्रदेशमा भने असोज २ गते स्थानीय तह निर्वाचन हुँदैछ । नेपालको संविधान २०७२ ले गरेको व्यवस्थाअनुसार संघीय संरचनाअनुरुप पहिलो पटक स्थानीय तह निर्वाचन भएको हो । संविधानअनुसार मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुने कार्यतालिका सार्वजनिक भएको छ । तीनै तहको निर्वाचनपछि संविधान कार्यान्वयन हुनेछ ।

सडक सुरक्षा प्रतिवेदन पेश

यसैगरी, विकास समितिले नै गठन गरेको सडक सुरक्षा उपसमितिले पनि आजै सभापति अधिकारीसमक्ष प्रतिवेदन हस्तान्तरण ग¥यो । उपसमिति संयोजक सांसद गणेशकुमार पहाडीले प्रतिवेदन पेश गर्दै सडकको दुरवस्थाकै कारण दुर्घटना बढेको तथ्य सुनाए ।
समिति सभापति अधिकारीले आजै सो प्रतिवेदन कार्यान्वयनका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरलाई प्रदान गरे ।

प्रतिवेदन बुझेपछि मन्त्री बलायरले अध्ययन गरी कार्यान्वयन गर्न लगाउने प्रतिबद्धता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here