काठमाडौंमा ‘सेकुवा मेला’ हुने

157

दसैंको अवसर पारेर नेपाली ब्रान्ड ‘बाजेको सेकुवा’ले असोज ७ गते भृकुुटीभण्डपमा ‘सेकुवा मेला’ आयोजना गर्दै छ । नेपालमा यस्तो प्रकृतिको मेला सम्भवतः पहिलो भएको दावी आयोजकको छ ।

टुबोर्ग बियरले प्रायोजन गरेको मेलामा रोहित जोन क्षेत्री र कुटुम्ब ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहनेछ । दिउँसो ३ देखि राति ९ बजेसम्म सञ्चालन हुने मेलामा सेकुवा पारखीहरूले ‘बाजेको मसला’मा मोलिएका विभिन्न २० थरीका भेज तथा ननभेज सेकुवा परिकारको स्वाद लिन पाउनेछन् । यो मेलाको मुख्य आकर्षण ‘होल मटन बार्बिक्यु’ हुनेछ, जसलाई विशेष प्रकारको मसला प्रयोग गरी रोटरमा ग्रिल गरिनेछ । सेकुवाका परिकारबाहेक अतिथिहरूले विभिन्न पेयपदार्थ पनि उपभोग गर्न सक्नेछन् । बालबालिकाहरूका लागि पनि मनोरञ्जनात्मक खेलहरू पनि हुनेछन् ।

१ हजार ५ सय रुपैयाँको टिकट खरिद गरेपछि आफूले चाहेजति सेकुवाका परिकार र एक पेयपदार्थ खान पाइनेछ । १२ वर्षमुनिका बालबालिकालाई विशेष छुटसहित ९ सय रुपैयाँमा टिकट उपलब्ध हुने आयोजकले जनाएको छ । अग्रिम टिकट लिनेलाई १० प्रतिशत छुट व्यवस्था छ । कर्पोरेट तथा सामूहिक टिकट खरिदमा पनि विशेष छुट गरिएको आयोजकले जनाएको छ । टिकट ‘बाजेको सेकुवा’का सबै शाखा तथा कोटेश्वरस्थित रोयल इभेन्टमा पाइनेछ । www.daraz.com.np मार्फत पनि अनलाइन टिकट खरिद गर्न सकिनेछ । मेला व्यवस्थापन एसपी इभेन्ट्स एन्ड एडभर्टाइजिङले गर्नेछ ।

अस्ट्रेलिया तथा मकाउ भ्रमणका विभिन्न ‘फुड फेस्टिबल’मा सहभागी भएपछि नेपालमा पनि त्यस्तै मेला आयोजना गर्ने रहर जागेको ‘बाजेको सेकुवा’का सीईओ चेतन भण्डारीले बताए । सन् २०१३ मा मकाउको फिसरम्यान वार्थमा आयोजित अन्तर्राष्ट्रिय बियर, वाइन र खाना फेस्टिबलमा ‘बाजेको सेकुवा’ले ‘बेस्ट पर्फरमेन्स अवार्ड’ प्राप्त गरेको थियो । पाँच महिनाअघि अस्ट्रेलियाको सिड्नीमा आयोजित ‘टेस्टिङ नेपाल’ कार्यक्रममा पनि ‘बाजेको सेकुवा’ले विशिष्ट प्रदर्शन गरेको भण्डारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here