अव मोवाईल किन्न ताम्राकार हाउस हैन सुर्यविनायक

3198

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा आधुनिक सुविधा सम्पन्न मोवाईल हाउस सञ्चालनमा आएको छ । शनिवार भक्तपुरको सुर्यविनायकमा एक कार्यक्रमका विच उक्त सुविधा सम्पन्न मोवाईल हाउस संचालनमा आएको छ । हाउस सञ्चाल संगै भक्तपुर वासीले अव मोवाईल किन्न ताम्राकार हाउस धाउनु नपर्ने भएको छ ।

पुर्व उद्योग मन्त्री महेश वस्नेतले उक्त मोवाईल हाउसको उद्घाटन गर्दै
संचारको जगतमा फड्को मार्न सफल मोवाईलको विक्री केन्द्र मात्र नभएर एसेम्वल स्थलको समेत स्थापना गर्न आवश्यक भएको वताउनुुभयो । उहाँले भक्तपुरमा युवा व्यवसायी सुवास महत र रुद्रमणि धितालले गरेको प्रयासको सरहना गर्दै अव भक्तपुर लगाएत पुर्वका जिल्लाका मानिस मोवाईल खरिद गर्न काठमाण्डौं सम्म धाउन नपर्ने वताउनुभयो ।
जिल्लाकै पहिलो उक्त मोबाईल हाउसमा सबैखालका मोबाईहरु विक्रिवितरण गर्नुका साथै मोबाईल मर्मत पनि गरिने भक्तपुर मोबाईल हाउसका कार्यकारी निर्देशक रुद्रमणि धितालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त हाउसमा १ हजारदेखि डेढ लाखसम्मको मुल्यका मोबाईलहरु पाईन्छन् ।
हाउसमा १६ वटा मोबाईलको शो रुम, ४ वटा मर्मत केन्द्र रहेको हाउसका अध्यक्ष सुवास महतले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here