व्यबसायीद्धारा चक्रपथ सफाई

142

काठमाडौं । नेपाल हेभी इक्वीपमेन्ट व्यवसायी महासंघ (हिन) का अध्यक्ष तथा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य ताराबहादुर कुँवरको अग्रसरतामा चक्रपथ सफाई अभियानले यो तेस्रो साता पनि निरन्तरता पाएको छ ।

बागमति मात्रै सफा भएर काठमाडौं सफा नहुने भन्दै आफ्नो पहलमा ‘चक्रपथ सरसफाई अभियान’ सुरु गरिएको कुंवरले वताउनुभयो । अभियानको सूरुवात बाफलदेखि स्युचाटारसम्म सरसफाई गरिएको थियो ।

‘हजुरलाई नमस्ते ट्रेडिङ’का प्रोपाइटर समेत रहेका अभियान्त कुँवरले सरसफाई अभियानमा स्थानियबासी, नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी एवम् राजनीतिकर्मीहरु समेत खटिएको निर्माण सञ्चारकर्मीलाई बताए । सफाई अभियान हरेक शनिबार विहान ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुदैँ आइरहेको अभियन्ता कुँवरले जानकारी दिनुभयो ।

शनिबार सफाईमा नागार्जुन नगरपालिकाकी उपमेयर सुसिला अधिकारी, काठमाण्डौं महानगरपालिका १३ का अध्यक्ष धुर्व नारायण मानन्धर वडा सदस्य रामवावु कोईराला, नागार्जुन नगरपालिका वडा नम्वर ४ का अध्यक्ष करुण कुमार बलामी वडा सदस्य विशेश्वर ढुंगाना, ससस्त्र प्रहरी वलका प्रहरी उपरिक्षक राजु महर्जन, नेपाल प्रहरी कालिमाटीका नायव उपरिक्षक नवराज अधिकारी लगाएतका व्यक्तित्वहरुको संलग्नता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here