विराट गुथिले चिनियाँ साहित्यकारहरुलाई स्वागत गरियो

90

भक्तपुर– विराट नेपालभाषा साहित्य सम्मेलन गुथि भक्तपुरले चिनिया“ साहित्यकारहरुलाई भक्तपुरको एभरेष्ट इङ्गलिस स्कुलमा एक समारोह बीच स्वागत गरेको छ ।

एभरेष्ट इङ्गलिस स्कुलका प्रधानाध्यापकको सभापतित्वमा भएको उक्त कार्यक्रममा अरनिको समाजको आमन्त्रणमा नेपाल आएको १४ जना हु लेउमोङको नेतृत्वमा चिनिया“ साहित्यकारहरु आएका थिए ।

कार्यक्रममा समाजसेवी एवं महाजु एकेडेमीका अध्यक्ष्ँ ओम चरण अमात्यले स्वागत गर्नुका साथै चिनिया“ साहित्यको प्रभाव नेपाली समाजमा पहिलेदेखि नै रहेको चर्चा गर्दै एसिया जोडने सिल्करोडको अवधारण नेपालले सातौं सताब्दीमै गरिसकेको बताउनुभयो । त्यसैले नेपाल र चिन युगौंदेखिको व्यापारिक र सा“स्कृतिक रुपमा सम्बन्ध रहेकाले असल छिमेकी रहेको बताउनुभयो ।

चिनिया“ साहित्यकारहरुकोा नेतृत्व गर्नु भएका हु लेउमोङले नेपाल पनि एक सुन्दर र शान्त देश रहेको र यहा“ पनि विभिन्न साहित्यक्षेत्रका अभियान्ताहरु पाइएकोले खुशी भक्तपुर गर्नुभयो र उपनेताले नेपाल पनि आपूm जम्मेको ठाउ“ जस्तै रहेको बताउ“दै चिनिया“ समाजमा माओको सांस्कृतिक क्रान्तिपछि साहित्यिक क्षेत्रमा नया“ ढंगबाट फड्को मारेको बताउनुभयो ।

चिनिया“ साहित्यकारहरु र भक्तपुरका साहित्यकारहरु बीच अन्तरसम्वादमूलक तरिकाले गएिको उक्त कार्यक्रममा एकआपसमा साहित्य क्षेत्रको अवस्था र बिचार आदान प्रदान गरियो ।

कार्यक्रममा विराट नेपालभाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष कृष्णभक्त बोडेले खाडा ओडाई पुस्तक हस्तारण गरि स्वागत गरिएको उक्त कार्यक्रममा गुथिका कोषाध्यक्ष प्रदिप शाक्यले कार्यक्रम सचालन गर्नु भएको थियो । कार्यक्रममा भक्तपुरका विशिष्ट साहित्यकारहरु २५ जना सहभागिता रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here