नागथली फुटसल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेलमा कालिकाले हेल ब्वईज लाई ३ ० ले हरायो

116

अशेष लामिछाने । बागिश्वरी , नागथली फुटसल टुर्नामेन्टको दोस्रो दिनको पहिलो खेलमा कालिकाले हेल ब्वईजलाई ३ शुन्यको अन्तरले हराएको छ । कालिकाले लगातार एक तर्फी दवावमा राख्दै हेल ब्वाईजलाई हराएको छ । खेलमा विजय वानियाँ ,सुसिल पण्डित, पुजन वानियाँले एक एक गोल गरेका थिए ।

दोस्रो खेलमा पीवाईसी ए विजयी

आज नै भएको पीवाईसी ए र वीपीएस सी को खेलमा पीवाईसी विजयी हुँदै ३ अंक वटुलेको छ । पीवाईसीले उक्त खेलमा वीपीएस सीलाई ५– १ अन्तरले हराएको हो । पीवाईसीको लागि सन्दिप चन्दले ४ गोल गरेका थिए भने आशिष कार्कीले एक गोल गरेका थिए । यस्तै वीपीएस सीका सरोज गिरीले एक गोल गरेका थिए ।
हाल सम्म वीपीएस वी र लामास्टार वरावरी खेली दुई दुई अंक वटुलेका छन् भने
ब्ल्याक स्प्यारो , कालिका र पीवाईसी ए ले तीन तीन अंक वटुलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here