नागथली फुटसल टुर्नामेन्टमा लास्ट स्ट्याण्ड ख्वप र थम्स अप वरावरीमा रोकिए लामास्टार र वीपीएस ए विजयी

704

अशेष लामिछाने, वागिश्वरी । आरटीआई सेन्टर नगरकोटको आयोजनामा नागथली फुटसल टुर्नामेन्टको तेस्रो दिनको पहिलो खेलमा लास्ट स्ट्याण्ड ख्वप र थम्स् अप एक एक गोलका साथ वरावरीमा रोकिएका छन् ।

लास्ट स्ट्याण्ड ख्वपका लागि उज्जोलले गोल गरेका थिए भने थम्स् अपका लागि सरोजले गोल गरेका थिए ।
यस्तै आज नै भएको दोस्रो खेलमा भने लामास्टारले पीवाईसी वी लाई दुई शुन्यको अन्तरले हराएको छ । लामास्टारका लागि आज सुजन तामाङ र प्रकास तामाङले गोल गरेका थिए ।

आज नै भएको तेस्रो खेलमा भने वीपीएस ए ले रियल वागिश्वरीलाई छ शन्यको फराकिलो अन्तरले हराएको छ । वीपीएस ए का लागि सुवास काफ्लेले ह्याट्रिक गरेका थिए भने मनिष केसीले दुई गोल यस्तै सुर्यदिप लामिछानेले एक गोल गरेका थिए ।

आज भएको लिग चरणको खेलमा लास्ट स्ट्याण्ड ख्वप र थम्स अप वरावरीका साथ दुई दुई अंक वाँड्न वाध्य भएका छन् भने लामास्टार र वीपीएस ए ले जीतका साथ तीन तीन अंक वटुल्न सफल भएका छन् ।

यस्तै हाल सम्म वीपीएस वी दुई अंक लामास्टार एक वरावरी एक जीतका साथ ५ अंकका साथ शिर्ष स्थानमा छ भने ब्ल्याक स्प्यारो , कालिका र पीवाईसी ए ले तीन तीन अंक वटुलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here