बारामा माओवादी प्रतिनिधिद्वारा मतपत्र च्यात्ने प्रयास

140

बाराको बारगढी गाउँपालिकामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न लागेको भन्दै मतगणना कार्य स्थगित भएको छ ।  माओवादी केन्द्रका प्रतिनिधिहरुले आफूहरु नभएको मौकामा मतपेटिका खोलिएको भन्दै होहल्ला गरेर मतपत्र च्यात्ने प्रयास गरेका थिए ।

अहिले त्यहाँको समस्या समाधान गर्ने प्रयास भैरहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । माओवादी केन्द्रका प्रतिनिधिहरुले होहल्ला गर्दै मतपत्र च्यात्ने प्रयास गरिएपछि उत्पन्न विवाद समाधानका लागि अहिले विभिन्न  दलका सांसदहरुसहितको बैठक बसिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here