नगर सभापतिमा जितेँ भने जनप्रतिनीधीका लागि मेरो दाबी रहन्न हरिदास

6

तपाइँको परिचय दिनुहोस न।
म हरिदास प्रजापति। मध्यपुर थिमि नपा वडा नम्बर ६ मा बस्छु। अहिले नेपाली कांग्रेसको चौधौं महाधिबेशन अन्तर्गत भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालीका कार्यसमिति सभापति पदको उमेदबार पनि हुँ।

उमेद्वार पनि हुनुहुन्छ। राजनीतिमा कसरी लाग्नु भयो नि ?
मेरो परिबार नेपाली कांग्रेस पृष्ठभूमिको राजनैतिक परिबार हो। मैले सानै देखि राजनीती सिक्ने मौका पाएँ। शिबभक्त थापा श्रेष्ठ ज्यू त्यतिबेला नगर सभापति हुनुहुन्थ्यो । उहाँ लगायत अग्रज नेता ज्यूहरूको निकट रहेर राजनीति बुझ्ने र सिक्ने मौका पाएँ ।मैले विद्यार्थी राजनीति गर्नु परेन। सानै उमेरदेखि संगठनको राजनीतिमा हातहाल्ने मौका पाएँ। मैले दाबि गर्नै पर्छ सानै उमेरमा वडा अध्यक्ष भएर काम गर्ने मौका पाएँ।

सानै उमेरमा वडा अध्यक्ष भएँ भन्नू भयो।कसरी टिकट पाउनु भयो ? कति बर्षको हुनुहुन्थ्यो नि ?
मैले २०५४ सालको स्थानीय निर्बाचनमा मध्यपुर थिमि नगरपालिकाको वडा नम्बर ८बाट वडा अध्यक्ष जितेको हुँ। मैले वडा अध्यक्ष जित्दा म २३ बर्षको थिएँ। त्यतिबेला मिडियामा निकै चर्चा भएको थियो। स्थानीय निर्बाचनमा अधिराज्यभरकै कान्छो वडा अध्यक्ष भनेर चर्चा हुन्थ्यो। मैले मध्यपुर थिमि नगरपालिका नेपाली कांग्रेसको संगठन सुदृढीकरणमा सानै देखि लाग्ने मौका पाएँ। मेरो काम प्रति अग्रजहरू ज्यादै खुसी हुनुहुन्थ्यो। हरिदासलाई चुनाब उठाए केही गर्छ भन्ने सोच अग्रजहरूमा थियो भने म मा पनि केही गर्छु भन्ने साहस थियो। त्यसैले म माथि बिस्वास गरेर वडा अध्यक्षको टिकट दिनु भयो। उहाँहरूको बिस्वासलाई सहि साबित गरिदिएँ। मैले चुनाब जितें।

चुनाब जितेपछि जनता र पार्टीकोलागि के गर्नु भयो नि ?
म सानै उमेरमा वडा अध्यक्ष भएको कारण म मा नयाँ जोस थियो। मैले मेरोलागि हैन पार्टी र जनताकोलागि केही गर्नु पर्छ।
भनेर बिकास निर्माणको कामलाई अघि बढाएँ। जनतालाई सुसाशन दिनुपर्छ भनेर जनताको घरमै पुगेर काम गरिदिन्थे। अफ्ठ्यारोमा परेका कागपत्र नमिलेर हैरान भएका जनतालाई सहज होस भनेर कर्मचारीलाई दुःख नदिई समाधान गर्न लगाउथेँ। नेपाली कांग्रेसको घोषणापत्र अनुसार काम गर्ने मेरो बानी थियो। धेरै जना मेरो कामले गर्दा नेपाली कांग्रेसको मूलधारमा आउनु पनि भएको छ। यसरी सानै देखि सबैको मनमा बस्न सफल भएँ।

अहिले पनि जनप्रतिनीधि नै हुनु हुन्छ हैन र ?
हो अहिले पनि म जनप्रतिनिधी नै छु। २०७४ सालको स्थानीय निर्बाचनमा ३ वटा वडा मर्ज भएर वडा नम्बर ६ बनेपछि नगर सभा सदस्य भएर जनताको काम गरिरहेको छु।

सानै उमेरमा जनप्रतिनीधि भएर काम गर्नु भएकोछ। राजनीतिलाई कसरी बुझ्नु भएको छ ?
राजनीति भनेको जनताको सेवा नै हो।भन्नू पर्दा समाज सेवा नै हो। राजनीति गरेर कमाउछु भन्ने सोच राख्नु हुँदैन। जनताको काम गरेर जनताको दुःखमा मल्हम लगाउने काम गर्नु पर्दछ। २०७२ सालको बिनासकारी भुकम्प जाँदा होस् वा कोरोना भाइरसको महामारीमा अग्रपंक्तिमा रहेर काम गरेको छु। कोरोना भाइरसको महामारी र सरकारले लगाएको लकडाउनमा मजदुर गरीब जनताले भोकै बस्न नपरोस् भनेर खाद्यान्न बितरण र खाना बितरण गरयौं। नगरपालिका भित्र खाना खुवाउने पहिलो हाम्रै वडा हो।

नगर सभापतिको उमेदबार भन्नू भयो। तेह्रौं अधिबेशनमा पनि नगर सभापतिकै उमेदबार हुनुहुन्थ्यो हैन र ?
हो। म तेह्रौं महाधिबेशन अन्तर्गत मध्यपुर थिमिको नगर अधिबेसनमा पनि सभापतिकै उमेदबार थिएँ। सहमति हुन नसकेपछि अर्को प्यानलबाट सुरेन्द्र श्रेष्ठ सभापति र मेरो सभापति अर्को प्यानल चुनाबमा होमिएका थियौं ।जसमा हाम्रो प्यानलको पराजय हुन पुग्यो।

अहिले पनि त दुबै फेरि नगर सभापतिमा लड्नु भएको छ हैन र। यसपाली जित्नु हुन्छ र।जित्नु भयो भने के गर्नु हुन्छ ?
हो। यसपाली चौधौं अधिबेशनमा पनि सुरेन्द्र जी को एउटा प्यानल छ भने मेरो सभापतिमा अर्को। मैले सभापतिमा पराजय भोगेपछि नगरपालीकामा नेपाली कांग्रेस कमजोर भएको महशुस गरेको छु। स्थानीय निर्बाचनमा हामीले जितेको मेयर पद पनि गुमाउनु परयो। प्रदेश सभा सदस्यमा पनि पराजय भोग्नु परयो। पदमा नरहि सोचे जस्तो संगठन सुदृढीकरण गर्न सकिँदैन रैछ। त्यसकालागि पनि सबैले मलाई समर्थन गरेर उमेदबार बनाउनु भएको छ। जित र हार हुन्छ नै चुनाबमा गएपछि। सहज ढंगले लिनु पर्छ। अघिल्लो अधिबेशनमा हार हुनु मेरो आफ्नै कमजोरी हुन सक्छ। यसपाली ती कमजोरीहरूलाई नजिकबाट नियालेर अघिबढेको छु।धेरै जनाको साथपनि छ यसपाली जित्छु भन्ने लागेको छ। मैले जितेँभने हार्नेलाई साथमा लिएर सही जिम्मेवारी दिएर पार्टी सुदृढीकरणमा लाग्नेछु। चुनाब पछि हार्ने र जित्ने बीच देखिने तिक्तता मेटाउनेछु। नेपाली कांग्रेसलाई भक्तपुरमा १ नम्बरको पार्टी बनाउन लागि पर्नेछु। मैले नगर सभापतिमा जितेँ भने जनप्रतिनिधीका लागि नसस ,मेयर ,प्रदेश सभा सदस्य र संघीय सांसद सम्मको पदमा मेरो दाबी रहन्न। पार्टीबाट विभिन्न पदमा उठाईएका उमेदबारहरूलाई जिताउनु मेरो लक्ष्य हुनेछ।

अन्त्यमा
आउनुस् सहमति गरौं। अझै समय बाँकीनै छ। एकफेर मेरो नेतृत्वमा कांग्रेस सुदृढीकरणमा लागौं। निर्बाचननै भए पनि लोकतान्त्रीक पद्दति हो। स्वस्थ प्रतिष्पर्धा गर्न लागौं।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here