पत्रकार एवं कानून व्यवसायी पनि उप सभापतिका उमेदबार

81

भक्तपुर । नेपाली कांग्रेसको चौधौं नगर अधिबेशन अन्तर्गत चाँगुनारायण नगरपालिका नगरकार्य समितिको उप सभापति पदमा मिडिया सञ्चालक पत्रकार तथा कानुन ब्यबसायी सञ्जिब दुलालले उमेदबारी दिएका छन्। दुलाल विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन्।


दुलाल पत्रकारीता र कानुन ब्यबसायी मात्रहैन,कृषि र पशुपालन पनि गर्छन्। उनले राजनीतिलाई पेशा बनाएका छैनन्।राजनीतिलाई समाजसेवा बनाउनु उनको कर्तब्य ठान्दछन्। कोरोना महामारीमा सरकारले लकडाउन गरेपछि काम नपाएर खाना नपाएका मजदुरहरूलाई आफ्नो मिडिया हाउको तर्फबाट खाना खुवाउने काम समेत गरेका थिए । बिकृति र बिसंगती बिरुद्ध कलम चलाउदै आएका दुलालले न्याय नपाएकाहरूको न्यायकालागि वकालत गर्दै आईरहेका छन्।
चौधौ नगर अधिबेशनमा गोपाल पौडेलको समूहबाट उप सभापति पदमा उमेदबारी दिएका दुलालले आफ्नो प्यानल पार्टी संगठनलाई सुदृढीकरण गर्न सक्षम रहेकाले गोपाल पौडेलको प्यानललाई मत दिएर बिजय गराउन आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here